प्रदेश राजधानी तोक्न माग गर्दै दाङ बन्द (भिडियो सहित)

माघ ०२, २०७४

दाङ ।
सरकारले उच्च अदालत भएको जिल्ला छोडेर राजनीतिक पहुचका आधारमा रुपन्देहीमा प्रादेशी मुकाम तोकन थालेको भन्दै दाङमा मंगलबार बन्द आह्वान गरिएको छ । दाङ प्रदेश नम्वरको ५ को राजधानी बन्ने हल्लामै सिमित हुने आशंका गर्दै मंगलबार तुलसीपुर, घोराही र लमही क्षेत्रमा सडक आन्दोलन गरिएको छ । दाङका बजार तथा यातायात बन्द आह्वान गरिएको हो ।
सरकारले प्रदेश राजधानी तोक्ने तयारी गरिरहेका बेला दाङमा अस्थायी राजधानीको माग गदै दाङगालीहरु सडकमा उत्रिएका छन् । लुम्विनी क्षेत्रमा अस्थायी मुकाम तोक्ने हल्ला ब्यापक भएपछि नागरिकहरु स्वतस्फुर्त रुपमा सडकमा आएका तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले जानकारी दिए ।
वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्दा गुल्मीदेखि बर्दिया, रुकुमदेखि नवलपरासी सम्मका नागरिकलाई पाईक पर्ने स्थानको खोजी नगरिए आन्दोलन चर्कने नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले चेतावनी दिए ।

वजार, शिक्षण संस्था, यातायात, सम्पूर्ण कलकारखाना वन्द गरेर आन्दोलनको शुरुवात गर्दैछौं,राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले भने, पूर्व पश्चिम राजमार्ग ठप्प पार्न पनि पछि हट्ने छैनौं । उच्च अदालत, प्रदेश प्रहरी प्रमुख, राष्ट्रिय सभा निर्वाचन केन्द्र दाङमा स्थापना भएपनि प्रदेश राजधानी अन्य स्थानमा राख्ने तयारी गरि आन्दोलनको आधिबेरी ल्याईनेतुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाहले बताए ।
घोराहीमा आन्दोलनको नेतृत्व दाङ उद्योग बाणिज्य संघ, तुलसीपुर तुलसीपुर उद्योग बाणिज्य संघ र देउखुरी क्षेत्रमा देउखुरी उद्योग बाणिज्य संघले गरेका छन् । आन्दोलनलाई ब्यबस्थीत गराईने आन्दोलन परिचालन समितिले जनाएको छ ।
यता जिल्लामा रहेका सम्पूर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, संघ संस्था, उद्योगी व्यवसायीहरुको समन्वयमा उद्योग वाणिज्य संघहरुले आन्दोलनको नेतृत्व गर्ने तयारी रहेका छन् ।

355 Views

प्रतिक्रिया दिनुहोस

अन्य भिडियो

“डेराबासी”को प्रथम म्यूजिक भिडियो सार्वजनिक

तिम्रो भागमा घर प¥यो हाम्रो भागमा डेरा यो जुनिलाई यस्तै भयो जिन्दगानी हेर…. नियतीको कोर्राले चुटेका लाखौँ डेराबासीको जीवन भोगाइको

फरक क्षमताका दाङका ऋषी, हातले टेकेर हिड्छन ३ किलोमिटर सम्म (भिडियो सहित)

  दाङ, दाङका एक युवाले आफुले गरे के हुदैन भन्ने भनाईलाई काम गरेर देखाएका छन । तुलसीपुर उपमहानगरपालिका ३ राना

दाङका कृषकहरुलाई सिमकार्ड (भिडियो)

दाङः जिल्लाका किसानहरुलाई किसान सिमकार्ड वितरण गर्ने तयारी भएको छ । कृषिसम्बन्धी सुचनाहरु मोबाइलमार्फत जानरकारी दिने उद्धेश्यले दाङका व्यावसायिक  किसानहरुलाई

दंगाली गायिका रिता बुढाथोकीको तिजको कोसेलीः घिघिन मादल घन्काउदै

दाङ, शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाकि गायिका रिता बुढाथोकीकोे तीजको कोसेली ‘ घिघिन मादल घन्काउदै भन्ने गित ल्याएकी छन । दाङमा

साहित्यपत्र

रुकुममा श्रीमानले गरे श्रीमतीको हत्या

रुकुमको पुथाउत्तरगंगा गाउँपालिका ७ जाङमा नवनिर्वाचित वडा सदस्यको हत्या भएको छ । जाङका नवनिर्वाचित दलित महिला सदस्य २७ वर्षिया बयानसरी