दाङमा हाइस दुर्घटना हुँदा एकको मृत्यु, ९ घाईते

सूचनापत्र | माघ ०१, २०७४ | ३४९ पटक हेरिएको

दाङ ।
दाङको तुलसीपुर– घोराही सडकको ग्वार खोलामा हाइस दुर्घटना हुदा एक जनाको ज्यनाको मृत्यु भएको छ । भने नौ जना घाइते भएका छन ।
घोराहीबाट तुलसीपुर जादै गरेको बा ३ ख ९५२१ नम्ब्रको हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटना परी तुलसीपुर उपमहानगरपालिका ३ श्री खोलाका ज्ञान बहादुर गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा परेर घाईते हुनेहरुमा तुलसीपुर भद्रपुर निवासी देवी श्रेष्ठ, मानपुर १४का देवी महरा र सन्तोष चौधरी, नारायणपुर १० निवासी धर्मा पोख्रेल, घोराही ७का सिता ढकाल र उनकी ५ वर्षिया छोरी मिनुका ढकाल, घोराही ६का प्रशंग आचार्य, घोराही १६का अमर डाँगी, घोराही १७ की यमुना रेग्मी र उनकी ३ वर्षिया छोरी संयोग रेग्मी, प्युठान थापलीकी आशा जिएम घाईते भएका छन ।
घाइतेमध्ये घोराहीका प्रशंगको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलेको थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाईतेहरुको तलुसीपुरको राप्ती अञ्चल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्कोटाले बताए । तिव्र गतिकाकारण दुर्घटना भएको र दुर्घटना पछि चालक फरार रहेकाले खोजी जारी राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस