बढ्दो बेरोजगार समस्या, अत्तालिएको युवा शक्ति

उमा भण्डारी | पुष २९, २०७४ | ३१२ पटक हेरिएको

हाम्रो देश यतिखेर रुपान्तरणको चरणबाट गुज्रिरहेको छ । स्थानीयतहको निर्वाचन पछि देशले विकासका गतीलाई तिव्र दिन्छ भन्ने आम जनताको चाहना छ । पुरानो राज्य व्यवस्था ढलेर नयाँ बन्न नसकिरहेको वर्तमान अवस्थामा थुप्रै खाले बेथिति र विसंगतिहरु हुर्किरहेका छन् । राज्य सञ्चालनको मुख्य मानिने राजनीतिले सही दिशा लिन नसक्दा आमनागरिकमा निराशाले जरा गाडिरहेको छ । देश विग्रीएर खत्तम भयो भन्ने नकारात्मक धारणाको विकास भइरहेको छ । केही गर्ने उत्साह र उर्जा भएका युवाहरुमा आफ्नो देशमा बसेर केही गर्न सकिँदैन भन्दै ताँतीका ताँती विदेश पलायन भइरहेका छन्

त्योभन्दा पनि डरलाग्दो कुरा हरेक घटनालाई नकारात्मक दृष्टिबाट हेर्ने प्रवृत्तिले नेपाली संस्कारको रुप लिनुको मुख्यकारण बनेको छ नेपालको बेरोजगारी । आज नेपालको मुख्य समस्याको रुपमा हामिले बेरोजगारीलाई लिने गरेका छौ । लाखौ युवायुवतीहरु आफ्नो अध्ययनको शिलसिलामा होस अथवा रोजगारको शिलशिलामा विदेशीनु पर्ने वाध्यता रहेको छ । यो समस्या एक ठाउँमा मात्र नभई नेपालका हरेक कुनामा छरीएर रहेका आम नेपालीको मुख्य समस्या हो । त्यसैक्रममा यो समस्या प्रदेश नं ५ स्थित दाङमा पनि अत्याधिक मात्रामा देखिन्छ । बर्तमान अवस्थाको “शैक्षिक वेरोजगार भनौ या माग र आपुर्तिको असन्तुलन” भनौ यस्को प्रभाव दाङका जनताको मात्र नभई हरेक नेपालीको मुख्य समस्या हो । कुनै एक ठाउँमा रोजगारीको सानो भन्दा सानो पदमा विज्ञापन खोलियोस अनि त्यँहा देिखन्छ नेपालका बेरोजगारीहरुको जमघट अनि सुन्न पाईन्छ बेरोजगारी हुनुको पिडा । देशका विभीन्न स्थानमा रहेका हरेक कार्यालय तथा संस्थाहरुमा रोजगारीको सिलशीलामा लाखौं युवाहरु दिनरात दौडधुप गरीरहन्छन । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकाले पनि बेरोजगारीको चपेटामा परेका जनताको संख्यालाई नियाल्ने अवसर राम्रै संग प्राप्त ग¥यो ।
प्रसंग हो, तुलसीपुर उपमहानगरपालीकाले खोलेको विज्ञापनको । कार्यालय सहयोगी स्वास्थ्य तर्फ ९ जनाको कोटाका निम्ती खोलीएको विज्ञापनमा रोजगार पाईन्छकी भनी आसा बोकेर फाराम भर्नेको संख्या ३ सय को हाराहारीमा पुगेको छ । ९ जना कार्यालय सहयोगीका लागी खोलीएको विज्ञापनमा करीव ३०० जनाले फाराम बुझाउँदा बास्तवमै नेपाललाई वेरोजगारीको देश हो भनेर उपमा दिन मन लाग्छ भन्नेहरुको सँख्यापनि उत्तिकै मात्रामा पाईन्छ । लामो समयसम्मको राजनैतिक अस्थिरताका कारण दङगाली मात्र नभई आम नेपाली वेरोजगारीको चपेटामा परेको तुलसीपुर उपमहानगरपालीकाका सुचना अधिकारी झरेन्द« खरेलको भनाई छ । ९ जना कार्यालय सहयोगीको कोटामा प्रतिस्प्रधा गर्नेहरुमा प्रायः कक्षा ८ देखी स्नातकतह सम्मका रहेको उनले जानकारी दिए । व्याप्त शैक्षिक वेरोजगारीको समस्या, राज्यबाट रोजगारीका कार्यक्रमहरु सञ्चालन नहुनुले पनी यस्तो समस्या उत्पन्न हुने गरेको खरेलको भनाई छ । दाङमा मात्र नभई यो समस्या देशकै मुख्य समस्या भएको छ । देशमा रोजगारी लागी दिन प्रतिदिन सयौंको सँख्यामा युवाहरु उत्पादन भईरहन्छन, तर राज्यलाई भने यस्को बारेमा कुनै चासो भएको देखीदैन । विभिन्न समयमा हुने निर्वाचनको समयमा देशमा भाईरल बनेको बेरोजगारीको समस्यालाई समाधान गरेर एउटा सम्वृद्ध राष्ट्र बनाउछु भनी जनताको मन जित्ने राजनीतिक चलन छ । साथै देशको नाममा आफ्नो आफ्नो दुनो सोझ्याउनकालागि विभिन्न आश्वासनमा जनता सँग भोट माग्ने चलन साहेद अझै पनि नहटेकाले आज यस्को परिणाम देशले भोग्नु परेको छ । बेरोजगारीको समस्यालाई झेल्न नसकेर वर्षेनी हजारौंको सँख्यामा नेपाली युवायुवतीहरु विदेशीनु पर्ने बाध्य छ । यो वाध्यतालाई साहेद हाम्रोे देशका मातहतमा बसेका राजनितीक दलहरुले नदेखेको त पक्कै पनी होईन होला ।
देशमा रोजगारको अवस्था सिर्जना नहुँदा विदेशिनु भनेको सबै भन्दा दुःखदायी कुरा हो । वर्षेनी हजारौंको सँख्यामा विदेश पलायन हुने युवाशक्तिको कारणले कती घाटा ब्यहोर्नुनर्छ त्यो राज्यले समयमै बुझ्न आवश्यक पर्दछ । नेपालमा उत्पादन गर्न सकीने तथा नेपालका विभीन्न क्षेत्रमा रहेका उत्पादनशील बस्तुहरु तथा भूभागहरु प्रयोगमा आउन नसेर पहिचानहिन बन्दै जान थालेका छन । राज्यले समयमै बेरोजगारीको समस्यालाई समाधान गर्न सकेन भने साहेद स्वदेशमै केही गर्न सकीन्छ की भनी सम्भावना खोजेर स्वदेशी उत्पानमा लाग्ने संस्कारको अन्त्य हुने सम्भावना एकदमै बढ्दै गएको छ । नेपाल भौगोलीक तथा पर्यटनको माध्यामले पनि देशको अर्थतन्त्रलाई मजवुद बनाउने देशको रुपमा उदाहरणीय देश हो । विश्वका कुना – कुनामा नभएका प्राकृतीक सम्पदाले भरीपुर्ण भएर पनि राज्यले आफ्नो देशलाई सक्षम बनाउन सकेको छैन । नेपालमा सम्भावना बोकेका घरेलु तथा प्राकृतीक सम्पदाको माध्यामबाट पनि नेपालले विदेशी रेमीट्यान्स प्रशस्तै मात्रामा आफ्नो देशमा भित्राउने सम्भावना एकदमै छ । नेपालमा छरीएर रहेका युवा शक्तिहरुलाई राज्यले बेलैमा एकिकृत गर्न आवश्यक छ । नेपाललाई रोजगारीको साथै सम्बृद्ध राष्ट्र बनाउनका लागी सबैभन्दा पहिला आधुनिक कृषि प्रणाली अपनाई कृषी क्षेत्रलाई विकास गर्नु आवश्यक पर्दछ । बर्षौदेखि बाँझो रहेका हाम्रा जमिन पूर्णसदुपयोग गर्ने हो भने अहिले भइरहेको जनसंख्यालाई मात्रै होइन चार करोड जनसंख्यालाई वर्षौभरि पुग्नेगरी अन्न उत्पादन गर्न सकीन्छ । साथै सयौँ युवाहरुलाई रोजगारमा लगाउन सकीन्छ ।
नेपाल कृषि प्रधान देश भएर पनि सुन्तला, स्याउ, अनार, कागती, खोर्सानी जस्ता यहीँ उत्पादन गर्न सकिने वस्तु आयातमा वर्षेनी करोडौं रुपैयाँ विदेश पठाइरहेको लज्जाजनक स्थितिलाई अन्त्य गरी निर्यातमा रुपान्तरण गर्न सकिन्छ । नेपालको मुहार फेर्नका लागी अनि लाखौँ युवाशक्तिलाई स्वदेशमै परीचालन लागी अब सरकारले सोच्नु पर्ने समय आएको छ । निर्वाचनको समयमा बोलेका कुरालाई व्यबहारमा परीणत गर्ने वा भाषणको नामले आफ्ना प्रतिवद्धता र जनताको विश्वासलाई हराउने भन्ने परीक्षणकाल आएको छ । त्यसैले स्वरोजगार र आत्मनिर्भरताका लागि अभियान चलाउन ढिला भइसकेको छ । अझै पनि परिर्वतनका लागि राष्ट्रिय रुपमै संकल्प नगर्ने हो भने हामी नेपालीले युवा पुस्तौपुस्तासम्म सस्तो श्रम बेच्ने जातिको रुपमा विश्वमाझ चिनिनुपर्ने अवस्था आउन सक्छ । यसर्थ सबै राजनैतिक दलहरुले सत्ताको लोभ होईन अव देशको मुख्य समस्यालाई समाधान गर्ने बाटोमा जुट्न आवश्यक मानिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस