बृद्धहरुलाई न्यानो कपडा वितरण

सूचनापत्र | पुष २६, २०७४ | १८६ पटक हेरिएको

तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ डुम्रिगाउँ वस्ने ८१ वर्षका खिमे सार्कीले न्यानो कपडा, कम्वल, टोपी र जुत्ता पाए पछि चाउरी परेको अनुहारमा खुसीका रेखा कोर्दै भन्नभयो । ‘वल्ल ज्यान तातो भयो ’ उनीजस्तै ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने खवर सुनेर नाति नातिना र छोरा वुहारीको सहारामा उनीहरु एकै ठाउँमा भेला भएका थिए । तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अनुरुप कार्यवाहक नगर प्रमुख नवराज लामिछानेले सवैलाई न्यानो कपडा वाँडे ।
उनीहरुलाई कपडा वाँड्दै लामिछानेले ज्येष्ठ नागरिकले समाजका लागि गरेको योगदानलाई सम्मान गरेर उपमहानगरपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको वताउनु भयो । उहाँले सामाजिक सुरक्षा भत्ता नि घरघरमै पुर्याउने व्यवस्था गर्न लागेको समेत वताउनु भयो । ‘समाजका हरेक जनतालाई जनप्रतिनिधि भएको अनुभुति गराउने छौ’


कार्यक्रममा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचार गरेर औषधि समेत वितरण गरिएको थियो । उनीहरुले गाउँमै स्वास्थ्य जाँच भएकोमा खुसी समेत व्यक्त गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उनीहरुको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको थियो ।
कार्यक्रममा ९४ वर्षिय छविलाल रेग्मी, ८६ वर्षिय रश्मीराज भट्टराई र घनु वस्नेत, ८४ वर्षिय खोपिराम आचार्यलाई न्यानो कपडा वितरण गरिएको थियो । असक्तताका कारण कार्यक्रममा आउन नसकेका ८७ वर्षिय खगेश्वरी रजौरे र ८९ वर्षिय कृष्णाकुमारी लामिछानेलाई घरमै गएर कार्यवाहक नगर प्रमुख लामिछानेले कपडा वितरण गर्नुभएको थियो । वडा सदस्य युवा कराराको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास वैक तुलसीपुरका शाखा प्रमुख एकराज आचार्य,सिनियर हेल्थ असिस्टेन्ट वसन्त आचार्य,लगायतले वोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस