केसी सामान्य तारिकमा छुटे, पराजुलीको नागरिकता र योग्यता प्रमाणपत्र झिकाउन आदेश

सूचनापत्र | पुष २६, २०७४ | १०५ पटक हेरिएको

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ। केसीको स्वास्थ्य अवस्था समेतलाई विचार गर्दापछि बुझ्दै जाँदा ठहरे बमोजिम सजाय हुने गरी हाललाई साधारण तारेखमा छोड्न सर्वोच्चले आदेश दिएको हो।

डा. केसीका कानुन व्यवसायी डा. सुरेन्द्र भण्डारीको जिम्मा छोडी बाँकी कारबाही गर्नु भन्ने कुरा आदेशमा उल्लेख गरिएको छ।

सर्वोच्चको आदेशमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्रधानन्यायाधीश गोपाल पराजुलीले लिएका नागरिकताको प्रतिलिपि झिकाउन र न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु पनि झिकाउन आदेश जारी गरिएको छ।

सँगै बुधबारको आदेशमा प्रा.डा शशी शर्मा विपक्षी रहेको त्रिवि कुलपति तथा प्रधानमन्त्री समेत रहेको मुद्दामा गत पुस २३ गते आइतबारको भएको फैसला झिकाउन पनि आदेश भएको छ । साधारण तारिखमा सार्वोच्चबाट रिहा भए लगत्तै केसीलाई अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस