गुणस्तरिय शिक्षाकालागि तुलसीपुरमा शिक्षाशाला

सूचनापत्र | पुष २४, २०७४ | १५ पटक हेरिएको

तुलसीपुर ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तुलसीपुर उपमहानगरपालिकाले वृहत शिक्षाशाला गर्ने भएको छ । शिक्षाको क्षेत्रमा राष्ट्रिय रुपमै प्रखर वक्ताका रुपमा रहेका विद्यानाथ कोइराला र धनञ्जय शर्माले कार्यशालाको सहजिकरण गर्ने तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख भाष्कर गौतमले जानकारी दिए । शिक्षाको क्षेत्रमा नयाँ काम गर्नका लागि धेरै सम्भावना भएको र शिक्षक, अभिभावक र विद्यार्थीहरुले आफ्नो सोचमा परिवर्तन ल्याउन सके शिक्षा क्षेत्रले धेरै फड्को मार्न सक्ने भएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख घनश्याम पाण्डेले वताए । उनले शिक्षकलाई आफ्नो पेशाप्रति गौरवानुभुति गराउनका लागि पनि कार्यशाला फलदायी हुने अपेक्षा लिएको वताए ।
पुस २७ गते तुलसीपुरको विएसएस पाटी प्यालेसमा हुने कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री कृष्णवहादुर महरा,दाङ्ग जिल्ला प्रदेश सभा सदस्य शंकर पोख्रेल र डिल्ली चौधरीले पनि शिक्षाको गुणस्तरियता अभिवृद्धिका लागि राजनीतिक तहबाट प्रतिवद्धता व्यक्त गर्ने छन् ।
शिक्षाको गुणस्तरियता वृद्धि गर्नु सवैको दायित्व भएको भन्दै देशमा वेरोजगारीको अन्त्य गर्नका लागि शिक्षाको गुणस्तरियतामा सवैले ध्यान दिनुपर्ने आवश्यकता भएको भन्दै नगर प्रमुख पाण्डेले कार्यशालामा उपस्थितिका लागि सवै शिक्षक, जनप्रतिनिधि, र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई आग्रह गरेका छन् । उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा स्थापित गर्नका लागि शिक्षाशाला फलदायि सावित हुने समेत नगर प्रमुख पाण्डेले वताएका छन् ।
सामुदायिक शिक्षा सुधार्नका लागि लामो समयदेखि क्रियाशिल रहेको टिच फर नेपालको सहयोगमा कार्यशालाको आयोजना गरिएको हो । टिच फर नेपालले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षकहरुको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस