राष्ट्रिय फुटबलको तयारी तिव्र

उमा भण्डारी | पुष २४, २०७४ | १५५ पटक हेरिएको

तुलसीपुर ।
दाङमा संचालन हुने वृहत प्रथम परिषद कप २८ औ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता २०७४ को तयारी तिव्र पारिएको छ ।
दाङ जिल्ला फुटबल संघको सोमबार तुलसीपुरमा बसेको बैठकले प्रतियोगितालाई भव्य एवं सभ्य तवरले सम्पन्न गर्न प्रतियोगिता मुल आयोजक समिति र त्यसको मातहतमा रहने गरी विभिन्न उपसमिति गठन गरी तयारी तिव्र पारिएको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपको वार्षिक कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा आउदो माघ २ गते देखी ६ गते सम्म तुलसीपुरको अरनीको खेलमैदान र घोराहीको भरतपुर खेलमैदानमा संचालन हुने प्रतियोगितालाई सार्थक र परिणामुखी बनाउन जिल्ला फुटबल संघ दाङका अध्यक्ष सुशिल श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा दाङ जिल्ला उद्योगवाणिज्य संघ, तुलसीपुर उद्योगवाणिज्य संघ, नारायणपुर उद्योगवाणिज्य संघ, दाङ निर्माण व्यवसायी संघ, प्यावसन दाङ, एन प्याव्सन दाङ, नेपाल पत्रकार महाँसंघ दाङ शाखा, तुलसीपुर नगरजेसीज, त्रिभुवन नगर जेसीज, रोटरी क्लब अफ तुलसीपुर सीटी , रोट्रयाक क्लव अफ तुलसीपुर सीटी, राप्ति अञ्चल सार्वजनिक यातायात वस व्यवसायी समिति रहेका छन ।
त्यस्तै होटल व्यवसायी संघ दाङ, ट्याक्सी व्यवसायी समिति, अम्विकेश्वरी यातायात व्यवसायी समिति, तुलसीपुर होटल व्यवसायी समिति, मालिका कालिका यातायात प्राली, पाण्डेश्वरी यातायात प्राली, नेपाल औषधी व्यवसायी संघ राप्ति, नेपाल बार एशोसिएसन रहेका छन । यसैगरी प्रतियोगिता संरक्षक सल्लाहकारमा जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला खेलकुद विकास समिति दाङ, तुलसीपुर उपमहाँनगरपालिका, घोराही उपमहाँनगरपालिका र लमही नगरपालिका रहेका छन ।
त्यसैगरी मैदान व्यवस्थापन उपसमिति संयोजक तुलसीपुर सुधिर गुरुङ र घोराही वुद्धिबहादुर पुन, यातायात व्यवस्थापन उपसमिति संयोजक तुलसीपुर सुरज वली र घोराही संयोजक प्रकाश श्रेष्ठ, आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक तुलसीपुर चन्द्रविर वली, घोराही संयोजक वसन्त पुरी, स्वयमसेवक परिचालन उपसमिति संयोजक तुलसीपुर प्रकास रोका, घोराही अमर रोका रहनु भएको छ । त्यस्तै मञ्च व्यवस्थापन उपसमिति संयोजक तुलसीपुर संयोजकमा हरी कुमार श्रेष्ठ, घोराही संयोजक विमलसेन वली, अतिथी स्वागत तथा सत्कार व्यवस्थापन उपसमिति संयोजक तुलसीपुर भावना कुमारी राजभण्डारी, घोराही संयोजक दिपक पुन, सुचना तथा प्रचार प्रसार उपसमिति संयोजक तुलसीपुर लक्ष्मण बस्नेत, घोराही संयोजक समिर वली, प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजक तुलसीपुर शरण थापा, घोराही श्याम कुमार गिरी रहनु भएको छ ।
सचिवालय व्यवस्थापन उपसमिति संयोजक तुलसीपुर प्रदिप केसी, घोराही संयोजक शषिविक्रम थापा, र आर्थिक व्यवस्थापन उपसमिति संयोजक तुलसीपुर इन्द्र बहादुर पुन तुलसीपुर, घोराही संयोजक गोपाल श्रेष्ठ रहनु भएको छ ।
यसैविच बैठकले हाल सार्वजनिक भएको खेल तालिकामा अरनीको मैदान तुलसीपुरमा दिउसो १ बजे हुने उद्घाटन खेल संग घोराही भरतपुर मैदानमा हुने खेल एउटै समयमा पर्न गएकाले सो खेललाई साढे २ बजेको समयमा सार्न अखिल नेपाल फुटबल संघ एन्फालाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस