डा. केसीलाई अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

सूचनापत्र | पुष २४, २०७४ | १२२ पटक हेरिएको

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै अनशनमा बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन अादेश जारी गरेको छ ।

अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलको प्रतिवेदकमा गोविन्द केसीले अदालतको अवहेलना गरेको, न्यायाधीश, न्याय व्यवस्थाविरुद्ध अमर्यादित र अपमानजनक शब्द प्रयोग गरेकाले अदालतमा उपस्थित गराउन निर्देशन जारी गरेको छ ।

न्यायाधीश  डम्बर बहादुर शाहीको इजलासले गोविन्द केसीलाई अदालतमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयका नाममा निर्देशन जारी गरेको छ ।
केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन अादेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस