मंगलबार निजी विद्यालय बन्द हुने

सूचनापत्र | पुष २३, २०७४ | १८६ पटक हेरिएको

काठमाडौं।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन नेपालले  मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।

प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

उनी मुटु रोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा भिएस निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहेका थिए ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक बाट समानुपातिक सभासद् बनेका थिए ।

प्रतिक्रिया दिनुहोस