पार्टी एकता प्रक्रिया लम्बिने

सूचनापत्र | पुष २३, २०७४ | ६० पटक हेरिएको

काठमाडौं  ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एजेन्डा निर्धारणका लागि पहिले छलफल हुने र लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि दुई नेताबीचमै भेट भएको छैन।

एक साताको बीचमा ओली-दाहालबीच एजेन्डा निर्धारणका लागि भेट हुने भने पनि कहिले ओलीको अस्वस्थता त कहिले दाहालको चितवन बसाइका कारण सम्भव हुन सकिरहेको छैन।

एमाले अध्यक्ष ओली पनि पुस २६ गते उपचारका लागि एक साता लामो बैंकक भ्रमणमा निस्कने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस