मैत्रीपूर्ण भलिबलमा प्याब्सन विजयी

सूचनापत्र | पुष २२, २०७४ | २९५ पटक हेरिएको

तुलसीपुर ।
प्याब्सन दाङको २८ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको छ ।
शनिवार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको हो । घोराहीमा भएको प्रतियोगितामा १९­२५, २६­२४ र २१­२५ को अंक ल्याउँदै प्याब्सनको टिम विजयी भएको थियो । स्थापना दिवसको अवसरमा प्याब्सन दाङ र नेपाल पत्रकार महासंघ दाङ बीच मैत्री पूर्ण खेल भएको थियो । पत्रकार र प्याब्सन बीचको आत्मियता बढाउन भलिबल प्रतियोगिताको आयोजना गरिएको प्याब्सन दाङका अध्यक्ष यादव गिरील बताए । प्रतियोगितामा प्रकाश केसी र चन्दन जिएमले एम्पाएरको भूमिका निर्वाह गरेका थिए ।
हाजिरीजवाफमा जनज्योति प्रथम
यस्तै प्याब्सन दाङको २८ औँ स्थापना दिवको अवसरमा भएको विद्यालय स्तरिय मावि तहको हाजिरिजवाफ प्रतियोगिता शनिवार सम्पन्न भएको छ । जसमा जनज्योति मावि घोराही प्रथम, माउन्टभ्यू मावि घोराही द्वितीय र फोर्टिनाईन मावि बेलझुण्डी तृतीय भएका छन । प्रतियोगितामा लिखितमा छनोट भएर आएका घोराही, तुलसीपुर र देउखुरी क्षेत्रका ३÷३ विद्यालयगरि जिल्ला भरका नौ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस