माघ २४ मा राष्ट्रिय सभाको निर्वाचन

सूचनापत्र | पुष २१, २०७४ | ११५ पटक हेरिएको

काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको महिला तथा बालबालिका मन्त्री विक्रमबहादुर थापाले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले माघ २५ गते राष्ट्रिय सभाको मिति तोक्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस