पुर्वराजाको दाङ भ्रमण ः मन्दिरमा पुजा गरेर फर्किए

सूचनापत्र | पुष २१, २०७४ | १६१ पटक हेरिएको

दाङ ।
पश्चिम नेपालको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रवार दाङमा धार्मीक स्थलको दर्शन गरेका छन् ।
शुक्रवार दिउँसो १ बजे दाङ आईपुगेका पूर्व राजा शाहले जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको अम्बिकेश्वरी मन्दिर र घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको गोरक्ष रत्ननाथ मन्दिरको दर्शन गरेका थिए ।
त्यस अवसरमा बोल्दै शाहले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदँै दाङम आएर दंगाली जनतासँग भेट्न पाउदा पूजापाठ गर्न पाउदा खुसी लागेको भन्दै फेरि पनि दाङ आउन पाँउ भन्दै आयोजक एवं सम्पूर्ण दंगालीलाई धन्यवाद दिए । त्यस अवसरमा समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका थिए । पूर्वराजा शाहको स्वागतकालागि समर्थक एवं शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो । शाह शुक्रवारनै नेपालगञ्जका फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस