सामाजिक परिचालकलाई ढोका खुल्यो

देविराम कुसारी | पुष २१, २०७४ | ६९५१ पटक हेरिएको

दाङ।
स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगतका सामाजिक परिचालकलाई स्थानिय तहमा संयोजनका लागि मन्त्रालयले ढोका खोलेको छ ।
लामो समयदेखी जनप्रतिनिधिको अभावमा सरकारी सेवालाई वस्ती वस्ती सम्म पु¥याउन योगदान दिएका सामाजिक परिचालकहरुले समांयोजनाको माग गरिहरेको वेला मन्त्रालयले उनिहरुलाई स्थानिय तहमा संयोजन गर्न सकिने निर्णय गरेको छ । नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा यही पौष १३ राज्यमन्त्रिको नेतृत्वमा वसेको वैठकले सामाजिक परिचालकलाई नीतिगत निर्णय गरी स्थानिय तहले व्यवस्थापन गर्न सक्ने निर्णय गरेको छ ।


रान्य मन्त्री स्तरिय वैकको निर्णय पश्च्यात पौष १४ गते मन्त्रालयको वयभ साइटमा निर्णका वारेमा परिपत्र प्रकासित गरिएको छ । मन्त्रालयको वयभ साइटमा प्रकासित परिपत्रको बुदा नम्वर ४ मा स्थानिय तहमा सामाजिक परिचालन लगाएत आफुले प्रदान गर्ने सेवालाई व्यवस्थीत गर्नका लागि आवश्यक परियोजनामुलक जनशक्ति व्यवस्थीत गर्न स्वायतता दिएको भनीएको छ । पत्रमा परियोजनामुलक जनशक्ति व्यवस्थीत गर्न विगतमा उत्कृष्ट कार्यसम्पादन भएका सामाजिक परिचालकहरुको सेवालाई उपयुक्त श्रोतवाट वजेटको व्यवस्था मिलाई नीतिगत निर्णय गरी व्यवस्थापन गर्न सकिने उल्लेख गरिएको छ ।
पत्रमा आज सम्म गरेको कार्य सम्पादनको उच्च मुल्यांकनका साथ कार्यअनुभवको प्रमाणपत्र प्रदान गर्ने समेत उल्लेख गरिएको छ । यसरी मन्त्रलायले सामाजिक परिचालकको मुद्दालाई सम्वोधन गरेपछि स्थानिय तहमा सामाजिक परिचालकलाई संयोजन गर्ने प्रकृया अगाडी बढेको सामाजिक परिचालक हकहित संरक्षण केन्द्रका अध्यक्ष अमरिश यालवले वताउनुु भएको छ । सरकाको करोडौंको लगानीमा दक्ष भएका सवै सामाजिक परिचालकलाई एक पटका लागी निशर्त स्थानिय तहमा संमायोजन गर्नु पर्ने आफुहरुको माग भएपनि सरकारले त्यसो गर्न कन्जुस्याई गरेको अध्यक्ष यादवले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस