ट्याक्टर र माेटरसाईकल ठाेक्किदा मृत्यु

सूचनापत्र | पुष १८, २०७४ | ११७ पटक हेरिएको

दाङ।

दाङ काे देउखुरीमा मङ्गलवार  भएको सवारी दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्वर ८ पिपरीमा ट्याक्टर र माेटरसाईल ठाेक्किदा रुपन्देही निवासी २२ बर्षिय शम्भु चाैधरीकाे मृत्यु भएको हाे । रा १ त १४०२ नम्वरकाे ट्याक्टरमा र लु २४ प ८८२४ नम्बरकाे माेटरसाईकल ठाेक्किन पुगेकाे प्रहरीले जनाएको छ ।

लमहीवाट भालुवाङ्ग तर्फ जादै गरेकाे टेक्टरमा पछाडि वाट माेटरसाईकल ठाेक्किन पुगेकाे प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका चाैधरीकाे लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।

प्रतिक्रिया दिनुहोस