क्रियाशील पत्रकार संघको बौद्धिक अपाङ्गलाई सहयोग

सूचनापत्र | पुष १८, २०७४ | ३३ पटक हेरिएको

तुलसीपुर ।
क्रियाशील पत्रकार संघ दाङले बौद्धिक अपाङ्ग विद्यार्थीलाई बलाङ्केट सहयोग गरेको छ ।

तिहारमा भैलो खेलेर संकलित रकमले अमर उच्च मावि उरहरीमा अध्यनरत अपाङ्ग विद्यार्थीलाई जाडोबाट जोगाउन आठवटा बलाङ्केट सहयोग गरेको क्रियाशील पत्रकार संघले जनाएको छ । अपाङ्ग सेवा संघले उक्त विद्यालयमा १४ जना बौद्धिक अपाङ्गहरुलाई पढाउँदै आएको छ । सहयोग हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रदेश नम्वर पाँचका प्रदेशसभा सदस्य उत्तरकुमार वलीले पत्रकारहरु सधै समाजप्रति उत्तरदायी बन्नुपर्ने बताए । बौद्धिक अपाङ्लाई पत्रकारहरुले गरेको सहयोगको प्रसशा गर्दै उनले बौद्धिक अपाङ्ग विद्यार्थीका समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको बताए । उनले बौद्धिक अपाङ्ग विद्यार्थीलाई समान अधिकार दिलाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए । निजी बिद्यालयको तुलनामा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको भन्दै वलीले आगामी पाँच बर्षभित्र निजी र सामुदायिक बिद्यालय बिचको खाडल पुर्ने बताए ।
क्रियाशील पत्रकार सघ दाङका अध्यक्ष गोपाल शर्मा भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपु उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष चित्र बहादुर वली, अमर उच्च मावि उरहरीका ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद शर्मा, प्रधानाध्यापक पदम न्यौपाने, अपाङ्ग सेवा संघका अध्यक्ष देवका भण्डारी लगाएतकाले बोलेका थिए । कार्यक्रमको सहजीकरण क्रियाशील पत्रकार संघका सचिव गणेश आचार्यले गरेका थिए । संघले यस अघि तुलसीपुरमा रहेको ब्लड बैकलाई कुर्सी सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस