राजधानीको मण्डला थिएटरमा चिसो भञ्ज्याड़्

सुचनापत्र | पुष १६, २०७४ | ५१ पटक हेरिएको

काठमान्डौ,पुष

राजधानीको मण्डला थिएटरमा   नाटक “चिसो भञ्ज्याड़्” को च्यारिटि शो प्रदर्शन हुँने भएको छ ।

सन्दिप श्रेष्ठको लेखन तथा निर्देशन रहेको नाटक चिसो भञ्ज्याड़्को च्यारिटी शो आउँदो मंगलवार (पौष १८ गते) अनामनगरको मण्डला थिएटरमा हुन लागेेको हो।उक्त च्यारिटी शो सिपिडी नेपालले आयोजना गरेको हो।

पुष ७ गते देखि नै प्रदर्शनमा आएको यो नाटकलाई पुस १८ गते मंगलबारको दिन भने समाजकार्य बिषय अध्ययनरत बिद्यार्थिहरुको सहयोगमा च्यारिटी शो हुने आयोजकले जनाईएको छ। उक्त शो बाट उठेको रकम समाज सेवा कार्यमा नै खर्च गर्ने CPD नेपालको सदस्य जिबन भुसालले जानकारी दिनु भएको छ।
पुष ३० गतेसम्म चल्ने यो नाटक सोमबार बाहेक हरेक दिन साँझ ४:४५ बजे (शनिबार अतिरिक्त शो दिनको १ बजे) सहित नियमित रूपमा मन्चन हुँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस