बम विस्पोटमा घाइते भएका म्यादि प्रहरी बिनोदको उपचारको क्रममा मृत्यु

सुचनापत्र | मंसिर १३, २०७४ | ६३४ पटक हेरिएको

दाङ,तुलसीपुरको व्यस्त सडकमा मंगलवार बम विष्फोटमा परी घाईते म्यादी प्रहरीको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् ।नेपाली कांग्रेसको चुनावीसभालाई लक्षीत गरि गराएको बम विष्पोट परी म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी २३ बर्षका विनोद चौधरीको ज्यान गएको छ । उनको उपचारको क्रममा आज विहान साढे दुई बजे कोहलपुरमा ज्यान गएको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभएको छ । सोही ठाउँ निवासी १९ बर्षका अर्का म्यादी प्रहरी विनोद चौधरी भने उपचार पछि घर फर्किएका छन ।घाईते ३ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु निवासी २२ बर्षकी जेनी डि.सी, बबई गाउँ पालिका ६ पञ्चकुले निवासी, ३६ बर्षका नेब बहादुर खत्री र सल्यानको बागचौर नगरपालिका २ थारमारे निवासी ४० बर्षका देवि डिसीको नेपालगञ्जमा उपचार भैरहेको छ ।यस्तै मानपुर निवासि बर्ष ४० का बोमराज सुनार,शान्तिनगर गाउँपालिका २ अमुवा निवासी ५० बर्षका हेमलाल रामजाली, बबई ६ वुड्कवा निवासी १८ बर्षकी सुनीता चौधरी र सल्यान ढोरचौर गाउँपालिका २ चाख्लीघाट निवासी ४५ बर्षकी नरभूमी बुढाथोकीको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाईते १९ बर्षका म्यादी प्रहरी विनोद चौधरी भने उपचार पछि घर फर्किएको प्रहरीले बताएको छ ।नेपाली कांग्रेस दाङले तुलसीपुर स्थित अरनीको मैदानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री शेरवहादुर देउवा कार्यक्रम स्थल प्रवेश गर्नै लाग्दा बम विष्पोट भएको हो । मोटरसाइकलामा आएका दुईजना अपरिचित व्यक्तिले विरेन्द्र चोक देखि १ सय मिटर पश्चिम सडकमा करिब मंगलवार अपरान्ह ४ बजे बम फयाँके लगत्तै ठूलो आवाजमा बम बिष्पोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।विष्पोट भएको ठाउँ देखि कांग्रेसको चुनावीसभा उत्तर तर्फ करिब डेढ सय मिटरको दुरीमा पर्छ । बम विष्पोट लगत्तै उनिहरु भागेका थिए । बम विष्पोट गराउने समुह र प्रयोग गरिएको सवारी साधनको खोजी कार्य जारीरहेको प्रहरीले बताएको छ । विस्फोट लगत्तै केहिबेर भागाभाग भएको थियो । विस्फोट गराउने कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन् ।

प्रतिक्रिया दिनुहोस