तुलसीपुर उपमहानरले २५ जना सुत्केरी महिलालाई सुत्केरी प्रोत्साहन भत्ता वितरण

सुचनापत्र | मंसिर ०७, २०७४ | २९५ पटक हेरिएको

चेतन रेग्मी दाङ,तुलसीपुर उपमहानगरपालिकालेअब प्रत्येक वडा कार्यालयवाट बाटै सुत्केरी प्रोत्साहन भत्ता बितरण गर्न सुरु गरेको छ ।सुत्केरी महिला र नबजात शिशुहरुलाई स्याहार सुसार लागी र गर्भवती महिलाहरुले गर्भावस्था देखी स्वास्थ्य सस्थामा गई नियमित चेक चाज गराउनको लागी उपमहानगरपालिकाले पहिलो पटक यसरी श्रावण महिना देखी सुत्केरी प्रोत्साहन भत्ता दिदै आएको छ । यस अघि उपमहानरपालिकाको कार्यालयवाट दिदै आएको भत्ता अव प्रत्येक वडाहरुवाट प्रदान गर्नेउपमहानगरपालिकाले जनाएको छ ।  त्यसैगरी बिहीबार पहीलो पटक वडा नं १६ र १७ का २५ जना सुत्केरी महीलाहरु लाई वडा कार्यालय बाटै सुत्केरी प्रोत्साहन भत्ता बितरण गरेको हो । कार्यक्रममा दुबै वडाका २५ जना महीलाहरुलाई जनही ४ हजार १ सयका दरले भत्ता बितरण गरीएको हो । कार्यक्रममा वडा नंबर १६ का १३ जना र १७ का १२ जना महिलाहरुलाई कार्य विधी पुरा गरेकालाई सुत्केरीलाइ भत्ता बितरण गरीएको थियो । सो अबसरमा तुलसीपुर उपमहानगरपालीकाका प्रमुख मेयर घनश्याम पाण्डेले आमा र बच्चाको सुरक्षाको लागी सुत्केरी महीलाहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । प्रमुख अथिती पाण्डेले नेपाल सरकारको नियम अनुसार आफुले मातृशिशु तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता बितरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस