बाल अस्पतालको अध्यक्ष योगी चयन

सुचनापत्र | मंसिर ०१, २०७४ | २० पटक हेरिएको

घोराही, नेपाल भारत मैत्री उमाशंकर नाथ योगी स्मृती बालस्वास्थ्य केन्द्र बाल अस्पताल घोराही १६ सर्राको अध्यक्षमा प्रदिपकुमार योगी चयन भएका छन । अस्पतालको शुक्रबार भएको पाँचौ साधारणसभा र चौथो अधिबेशनले योगीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा श्रीमन न्यौपाने, सचिबमा भोलाप्रसाद डाँगी, सह सचिबमा विमल कार्की, कोषाध्यक्षमा यमकुमारी ढकाल चयन भएका हुन । अस्पताल सञ्चालक समितिको सदस्यहरुमा भोलानाथ योगी, प्रकाश श्रेष्ठ, चन्द्रप्रसाद चौधरी, राजकुमार गुप्ता, धनेश्वर आचार्य, रमेशकुमार पाण्डेय, पार्वती योगी, रेवा डाँगी र डम्बर गिरी चयन धएका छन । समितिका अध्यक्ष प्रदिपकुमार योगिको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा वडा नम्बर १६ का अध्यक्ष लछिनप्रसाद बुढा र महिला तथा बालबालिका कार्यालयका प्रमुख बिश्वमणि जोशीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर चौधरीले बाल अस्पताललाई जिल्लाकै गहनाकोरुपमा बिकास गर्नुपर्ने बताए । अस्पतालको बिकास र संरक्षण सबैको दायित्व भएको उनको भनाई छ । विकास र स्वास्थ्यमा राजनिति गर्न नहुने भन्दै अस्पतालको बिकासमा दायित्व र जिम्मेवारी सबैको उत्तीकै रहने बताए । कार्यक्रममा सचिब श्रीमन न्यौपानेले प्रगति प्रतिबेदन र कोषाध्यक्ष यमकुमारी ढकालले आयव्ययका बारेमा जानकारी दिनुभएको सचिब भोलाप्रसाद डाँगीले जानकारी दिए  कार्यक्रममा अस्पतालको स्थापना २०६४ सालमा भारतिय दुताबासको ७७ लाखको सहयोगमा बनेको बारेमा राजकुमार गुप्ताले जानकारी दिए । यसैबिच अस्पताल विकास समितिले अस्पताल निर्माणमा सघाउने एक सय ९ जना स्थानियलाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस