शनिवार अनिवार्य रुपमा पसल वन्द गर्न वाणिज्य संघको आग्रह

सुचनापत्र | मंसिर ०१, २०७४ | २० पटक हेरिएको

दाङ,तुलसीपुर उद्योग वाणिज्य संघले अनिवार्य रुपमा प्रत्येक शनिवार आ–आफ्नो व्यापार व्यवसाय वन्द गर्नु हुन आग्रह गरेको छ । संघले पटक पटक अनुरोध गर्दा पनि अटेरी गर्ने व्यवसायीहरुलाई जरिवाना गर्ने समेत वताएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा वसेको बैठकले तुलसीपुरमा लोड अन्लोड र पार्किङ लाई व्यवस्थित गर्न तत्काल स्थानिय तह र ट्राफिक संग समन्वय गर्ने समेत वताएको छ । यता तुलसीपुर उद्योग वाणिज्य संघले मनाउन लागेको रजत जयन्तीका अवसरमा रोट्रयाक्ट क्लव तुलसीपुर र वाणिज्य संघले राप्ती अञ्चल अस्पताल परिसरमा सरसफाईको आयोजना गर्न लागेको जनाएको छ । शनिवार एक कार्यक्रमका विच ५१ देखि एक सय दिन सम्मको सरसफाई अभियान संचालन गर्न लागेको तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिए ।उनका अनुसार सरसफाई अभियान शनिवार ४ वजे एक कार्यक्रमका विच अञ्चल अस्पताल परिसरमा शुरु हुने छ ।

त्यसैगरी अध्ययन अवलोकन भ्रमणका अवसरमा शुक्रवार दाङ आईपुगेको पाल्पा उद्योग वाणिज्य संघको टोलीलाई तुलसीपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको नेतृत्वमा आएको ३३ सदस्यिय जम्वो भ्रमण टोलीलाई तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत लगायत संघका पदाधिकारीहरुले स्वागत गरेका छन् । सो अवसरमा पाल्पा र दाङको पर्यटन पर्वद्धनमा हातेमालो गर्दै आगाडी वढ्ने समेत वताइएको थियो ।पर्यटन प्रवद्र्धन तथा अध्ययन अवलोकनका लागि टोली पश्चिम नेपाल लगायत नैनी ताल सम्म पुग्ने वताइएको छ ।

प्रतिक्रिया दिनुहोस