देश र जनतलाई केन्द्रमा रोखेर दुई पार्टीले कठोर निर्णय गरियो : महरा

सुचनापत्र | कार्तिक २९, २०७४ | २४ पटक हेरिएको

दाङ, उपप्रधानमन्त्री कृष्ण बहादुर महराले देश र जनतलाई केन्द्रमा रोखेर दुई पार्टीले कठोर निर्णय गरेको बताए । संयुक्त वाम गठबन्धन व्यवसायीक संघठन क्षेत्र नं. ३ ले तुलसीपुरमा गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनीले राष्ट्रियता, स्वाधीनता र जनतालाई केन्द्रविन्दुमा राखेर माओवादी केन्द्र र एमालेले कठोर निर्णय गरेको उपप्रधानमन्त्री महराले बताए । ‘हामीले, व्यक्ति र नेताको स्वार्थ हेरेनौ,– उपप्रधानमन्त्री महराले देश र जनातलाई महत्व ठान्यौ र गठबन्धन गरयौं ।’ वाम पार्टीहरु जति टुक्राभयो त्यतिनै प्रतिकृयावादी शक्तिले फाईदा लुट्ने र उत्पिडित शोषित जनता झनै चरम समस्यामा पर्ने भएकाले कठोर निर्णय गरेको उनले बताए । ‘निर्वाचन पछि कमैयाँ, भूमिहिन, सुकम्बासी र पछाडि पारिएका वर्ग समुदायको समस्या पुरा हुनेछ,– महराले भने वाम गठबन्धनबाट जनता उत्साहित र खुशि भएका छन् । मंसिर २१ गते हुने निर्वाचर्नलाई समान्य रुपमा लिननहुने भन्दै महराले जनताको भविष्य जोडिएकाले गठबन्धनका उमेदुवारलाई जिताउन आग्रह गरे। उनले वाम गठबन्धनको पहिलो एजेन्डा दाङलाई प्रदेशको राजधानी बनाउने भएको बताउदै दाङ क्षेत्र नं २ का प्रतिनिधिसभा उमेद्वार समेत रहेका महराले झुक्किएर वाम गठबन्धन बाह्यक अन्यत्र ठाउँमा भोट हालेमा त्यो सम्भावना टरेर जानेबताए । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेस अब पाँच बर्ष प्रतिपक्षमा बस्नु पर्ने बताए । बहुमतका साथ वाम गठबन्धनले अब पाँच बर्ष सरकार चलाउने भएकाले कांग्रेस खैरियत नभएको बताए । ‘रुख बुढो भएकाले ढलिसक्यो अव त्यसको काम छैन, – ज्ञवालीले भनेप्रमुख प्रतिपक्ष होइन, सानोतिनो प्रतिपक्ष भएर बस्नुपर्छ ।’ ‘२०४८ सालमा जनताले बहुमत दिएर कांग्रेसलाई सरकारमा पठाय आफैले सरकार ढालेर ५१ सालमा मध्यावधि निर्वाचन गरायो एमाले पहिलो दल बन्यो,– उपाध्यक्ष ज्ञावलीले भने९ महिने अल्पमतको सरकार चलाएर नेकपा एमाले, जनतामाझ लोकप्रिय बन्यो ।’ ‘६० बर्ष पुगेका बुढाबुढिलाई गोली हान्छ, भात खान लाइनमा बस्नुपर्छ र कम्युनिष्टले धर्मकर्म मान्दैन भनेर कांग्रेसले गलत प्रचार गरेको थियो, उनले भने नौमहिने सरकारको पालामा एमालेले वृद्धवृद्धालाई भत्ता दिएर भ्रम चि¥यो ।’ १५ सदस्य मन्त्रीमण्डलले गरेको लोकप्रिय कार्यक्रमले एमाले वर्तमान अवस्थामा आइपुगेको भन्दै उनले ६४ सदस्य मन्त्रीमण्डल बनाएर कांग्रेस जनतामाझमा नाङ्गिगएकोबताए । संयुक्त वाम गठबन्धन व्यवसायीक संघ क्षेत्र नं. ३ का संयोजक खगेन्द्रप्रसाद पोख्रेलको अध्यक्षतमा भाएको कार्यक्रममा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उमेदवार हिराचन्द्र केसी, क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा उमेद्वार जगप्रसाद शर्मा अपार, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, कलाकार कमल गाउँले लगाएतले मूलुकमा वाम गठबन्धनको विकल्प नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस