सत्तारुढ दलहरुले आचासंहिता उलंघन गर्दाआयोग निरिह बनेको छ : के.सी

सुचनापत्र | कार्तिक २८, २०७४ | १९ पटक हेरिएको

दाङ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले निर्बाचन आयोगले आचासंहिता कार्यान्वयन गराउन नसकेको बताएका छन् । प्रगतिशील पत्रकार संघ नेपाल जिल्ला शाखा दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले सत्तारुढ दलहरुले आचासंहिता उलंघन गरिरहँदा पनि आयोग निरिह बनेको बताएका हुन् ।बाढी पीडितलाई तत्काल दिनुपर्ने राहत आज सम्म रोकेर राखेको सरकारले चुनावको मुखमा साढे ४ अर्ब बाड्दै छ, यो जसरी पनि निर्बाचन जित्ने दाउँ हो’, केसीले भने ।निर्वाचन आयोग जस्ता कानुन कार्यान्वयन गराउने निकाय स्वतन्त्र हुनुपर्ने भएपनि यो वा त्यो वहानामा सरकारले हस्तक्षप गरेको उनले बताए ।केसीले संघीयताको ब्यवस्थापनका लागि १६ खर्ब चाहिने भएकाले संघीयता सबैका लागि घाँडो भएको दोहो¥याए । बर्षौ देखि मिलेर बसेको समाजलाई जातीय र क्षेत्रीयताका नाममा बिभाजन गर्न संघीयता भित्राइएको भन्दै केसीले प्रदेश र केन्द्र सरकारको खर्च धान्ने सामर्थ नभएको देशमा तीन तहको सरकारको कामै नभएको दावी गरे ।पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नीति सिद्धान्त मिल्नेहरु एक ठाउँमा आउनु र चुनावी गठबन्धन गर्दा कसैले टाउको दुखाउन आवश्यक नभएको बताए । आफ्नो पार्टीले बिगत देखि नै संघीयताको बिरोध गरिरहेको भन्दै केसीले चुनाव जित्नका लागि जस्तोसुकै हत्कण्डा अपनाउने घृणित खेलका कारण निष्ठा र त्यागको राजनीति ओझेलमा परेको केसीले बताए ।‘जहानीय राणशासन, राजतन्त्र जस्ता पारिवारीक शासन भन्दा यो ब्यवस्था केही प्रगतिशील भएपनि यसमा आफ्नो पार्टीको विमती रहेको केसीले बताए । प्रगतिशील पत्रकार संघ जिल्ला शाखा दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस