न्याय सम्पादन बिश्वसनीय बनाउन पारर्दशी हुनुपर्छ : प्रधानन्यायधिस पराजुली

सुचनापत्र | कार्तिक २५, २०७४ | २३ पटक हेरिएको

दाङ, प्रधानन्यायाधिस गोपाल प्रसाद पराजुलीले न्यायकर्मीहरु जनताको भावना,न्यायको मुल्य,मान्यता, पद्धती र प्रणालीबाट चल्ने गरेको बताए । सर्बोच्च,उच्च र जिल्ला अदालत पनि सोही प्रणालीबाट चल्ने गर्दछन् उनले भने न्याय सम्पादन गर्ने बिचारहरु त छदैछन्,कानुनको पालना,इन्साफ गर्ने सम्बन्धमा,आफ्ना दृढताहरु, बिचार,कानुन बमोजीमको तर्क र कानुनले दिएको आधारमा ढुक्क भएर लेख्न आग्रह गरे । उच्च अदालत तुलसीपुरले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानन्यायधिस पराजुलीले भने,न्याय निष्पक्षताको प्रतिक भएकाले तर्क र आधारबाट पर–पुष्टी हुने,मुखरीत गर्ने यस्तो प्रणालीहो जुन पारर्दशीताको मान्यतामा हुने गर्दछ । सम्पादीक न्याय लुकेको हुदैन,कोही कसले पनि अदालत प्रति आशंकीत हुने, दिगभ्रमीत हुने,अप्रिय बचन राख्न कसैले पनि गर्न नहुने उनको भनाई छ । अली अली केही कतैबाट अप्रिय भाषा प्रयोग गरिएको सुनिन्छ,त्यसले अदालतलाई कम्जोर बनाउछ । तर पनि न्यायधिसहरुले त्यसको सामना गर्न सक्नुहुने छ, उनले भने । न्याय सम्पादन गर्दा आफ्ना बिचारहरु त न्यायधिसहरुका हुन्छनै,तर आफ्ना बिचार र तर्कलाई लाद्न पाउनुहुने छ्रैन । कानुन र सबिधानले गरेको ब्यबस्थाका आधारमा तर्क र आधारबाट मुखरीत गरि पार्दशरीताका आधारमा न्याय सम्पादन गर्नुपर्नेमा प्रधानन्यायधिस पराजुलीले जोड दिए । दाङमा आदीबासीको बाहुल्यता भएको जिल्ला भएकाले अन्य ठाँउको भन्दा अलि फरक प्रकृतिका मुद्धाहरु अदालत सम्म आउने गरेको आफुले पाएको बताए । यस जिल्लामा मुद्धाहरुको प्रकृतिहरु उत्पत्ती हुने मुद्धाहरुमा मोही र हत्याका घटनाहरु बढी हुने गरेका छन् । उनले अर्को प्रसङमा भने े, अब आईटीको समय छ,सबैले प्रबिधी चलाउन जान्नुपर्छ । न्यायधिसदेखि अदालतका सबै कर्मचारीले कम्प्युटर चलाउन जानै पर्ने उनको बिशेष जोड छ । तालिम आबश्यक छ भने पनि त्यसको ब्यबस्था मिलाईने बताए ।


उच्च अदालत तुलसीपुरका कायम मुकाम न्यायधिस श्रीमणकुमार गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महेश शर्मा पौड्ेलले उच्च अदालत तुलसीपुरबाट भएका न्याय सम्पादनका कार्य,अदालतको भौतिक पूर्बाधार,जन शक्ति लगायतका बारेमा जानकारी गराएका थिए । उनले मुद्धा तर्फआर्थिक बर्ष २०७३÷७४बाट जिम्मेवारी सरी आएका ३ सय ७३,यस आर्थिक बषृ साउन महिनादेखि दर्ता भएका मुद्धा १ सय ९१,जम्मा मुद्धा संख्या ५ सय ६४,फर्छौट संख्या ७८ र बाँकी ४ सय ८६ वटा रहेको जानकारी दिए । रिट तर्फ आर्थिक २०७३÷७४ मा जिम्मेवारी सरी आएका ३०,यस आर्थिक बर्ष साउन महिनादेखि दर्ता भएका २३ ,फछर्यौट संख्या १४ र बाँकी ३९ वटा रहेका न्यायधिस पौडेलले जानकारी गराए ।  आर्थिक बर्ष साउन महिनादेखि दर्ता भएका जम्मा निबेदन प्रतिबेदन संख्या १९,फछयौट संख्या १० र बाँक ९ भएको जानकारी उक्त अबसरमा दिए । पुनराबेदन अदालतको तत्कालीन अबस्थामा २ वटा बञ्चे सञ्चालन हुने गरेकोमा हाल ३ वटा बञ्च सञ्चालन भईरहेको समेत जानकारी गराइएको थियो । अदालतबाट ४२ प्रकारका टेम्पलेटहरु सेवाग्राहीहरुलाई प्रदान गरिएको न्यायधिस पौड्ेलले प्रधानन्यायधिस पराजुलीलाई जानकारी गराए । प्रधानन्यायधिस पराजुलीलेशनिबार दाङ देउखुरी जिल्ला अदालतको भवन शिलन्यासगरेका छन । दाङको तुलसीपुर र घोराहीको कार्यक्रममा सरीक हुन आएका प्रधानन्यायधिस पराजुलीका साथमा उनकी श्रीमती बसन्ता पराजुली,न्यायपरिषद्का सदस्यहरु पदमप्रसाद बैदीक र रामप्रसाद सिटौला,उच्च अदालत इजलास बुटवलका न्यायधिस गोर्कण डाँगी, मूख्य रजिष्ट्रार नहुकुल सुबेदी लगायत थिए ।

प्रतिक्रिया दिनुहोस