तुलसीपुर उपमहानगरपालिकाका बाढिपिडितहरुले तिहारको मुखमै राहत रकम पाएपछि खुशीले आशु झारे

सुचनापत्र | कार्तिक ०१, २०७४ | ४१ पटक हेरिएको

विकाश डाँगी, तुलसीपुर , देशीक रोजगारका लागि पोर्र्चुगलमा बस्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की लक्ष्मी पुनले १७ जना बाढीपीडित परिवारहरुलाई तिहार खर्च पठाई दिएकी छन । गत साउनमा आएको बाढीकारण पीडित भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६, ७, ११ र १३ नम्वरका विपन्न समूदायका परिवारलाई ६३ हजार रुपैया आमा लीला पुन मार्फत बितरण गरिएको हो । तुलसीपुर ६ का अपाङ सरीता सार्कीले तिहार मनाउन ३ हजार रुपैया प्राप्त गरेको भन्दै खुसी भईन । सार्बजनीक सवारी साधनको ठक्करबाट घाईते भएको केही समय पछि गत साउनमा आएको भिषण बर्षातले घर ढलेपछि आफु दुखी भएको बताईन । तिहार मनाउन समुन्द्रपारबाट आफुले नचिनेको मान्छेले पैसा पठाईदिएको सुन्दा खुुसी हुदै भनीन ,तिहार पनि मनाउछौ,खुट्टाको घाउ निको पार्न ओखती पनि किन्ने योजना उनले भनिन् । श्रीमान बालाराम मजदुरीमा जानुभएको बताउने सरीताले घर ढले देखि छिमेकीको घरमा आश्रय लिई रहेको बताईन। बर्षौदेखि हात्तिपाईले रोगबाट पीडित तुलसीपुर ६ का बिष्णुप्रसाद भण्डारी दम्पत्तिले पुर्चुगलबाट तिहार मनाउन पोर्चुगलबाट सुत्केरी महिला लक्ष्मी पुनको प्रयासमा ३ हजार रुपैया आफुले प्राप्त गरेको भन्दै,हाम्रो दुखलाई महसुस गर्ने ति नानीलाई आर्शिबाद दिन्छु भने ।

बर्षातका कारण घर भत्कीयर च्यापीयर मृत्यु भएकी आफ्नी भगवती सुनारलाई सम्झदै तुलसीपुर १३ का मानबहादुर सुनारले तिहार मान्ने यस वर्ष नभएपनि प्राप्त ५ हजार रुपैयाले घर टाल्टुल पार्ने बताए। राप्ती पोर्चुगल सोसाईटीले समुन्द्रपारबाट हामीलाई सम्झेर तिहार मनाउन पैसा पठाउनुभएको रहेछ,उहाहरुलाई दैबले सधै खुसी गराउनुहुने छ,सुनारले भने । तुलसीपुर ११ मोतिपुरकी बाढी पीडित शिवा भण्डारीले तिहार मनाउन ३ हजार पाएकोमा निकै खुसी भईन ,उनले भनीन्,बिदेश बस्ने महिलाले हाम्रो पिडालाई बुझ्नुभयो,राज्यले चामल,केही कपडा त दियो,पैसा अझै पाउन सकेनौ, अब यो पैसाले तिहार मनाउन पीठो मैदा किन्ने योजना सुनाईन । छोरी लक्ष्मी पुन र राप्ती पोर्चुगल समाजका अध्यक्ष धनीराम पौड्ेलको सक्रियतामा प्राप्त गरेको ६३ हजार रुपैया बाढीपीडितको घर घरमा पुगि तिहार खर्च बितरण गर्न पाउदा आफुलाई भाग्यमानी ठान्छु लक्ष्मीकी आमा लिला पुनले बताईन । ३ वटै छोरी कमाई गर्न बिदेश छन,पैसा कसलाई पुग्छ,राप्ती पोर्चुगल समाज गठन गरि संकलन गरिएको रकमले बाढी पीडितहरुलाई राहत बितरण गर्ने अबसर पाएको उनले बताईन। १६ जना बाढीपीडितलाई ३ हजार र श्रीमती समेत गुमाएका एक परिवारलाई ५ हजार बितरण गरिएको थियो । त्यस्तै दाङमा गएको साउन अन्तिम साता आएको बाढी र डुवानले ४ अर्ब ३४ करोड रुपैयाँ बढीको क्षति पु९याएको तथ्यांक संकलन भएको  छ । जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले १३ वटा बिषयगत कार्यालयबाट मागेको बिबरण अनुसार ४ अर्व ३४ करोड १२ लाख ८० हजार ८ सय ४५ रुपैयाँ ६४ पैसाको क्षति भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस