स्थापनाको २५ औ अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघले रजत जयन्ती मनाउदै

सुचनापत्र | असोज ३१, २०७४ | ३९ पटक हेरिएको

तुलसीपुर, तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको २५ औ वर्ष पुगेकोअवसरमा रजत जयन्ती समारोह मनाउने भएको छ । मंगलवार वसेको
कार्यसमितिको बैठकले विभिन्न आरोह र अवरोहका विचमा स्थापनाको २५ औवर्ष पुगेको अवसरमा एक महिना सम्म विभिन्न सामाजिक कामहरु गर्ने निर्णय
गरेको छ । वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा वसेकोबैठकले लामो इतिहास वोकेको तुलसीपुर उद्योग वाणिज्य संघको भुमिकाको
आम दाङवासी र निजी क्षेत्रवाट भैरहेको प्रसंसाको उच्च कदर गर्दै कार्तिक महिना भर रजत जयन्ती महोत्सव मनाउन लागेको संघका अध्यक्ष रावतले जानकारी
दिए । उनका अनुसार कार्तिक २ गते देखि विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउन लागीएको हो । जस अन्तरगत सरसफाईको नेतृत्व, क्लीन तुलसीपुर
ग्रिन तुलसीपुर कै अवधारणा अनुसार ५१ औ हप्ता सम्म अञ्चल अस्पतालको सरसफाई गर्ने असाय र असक्त वालवालिकाहरुलाई सहयोग र शैक्षिक सामाग्री
वितरण , रक्तदान र व्यवसायीक सुरक्षा र तालिम संचालन गर्ने लगायतका योजनाहरु प्राथमिकतामा रहेका छन् । सो अवसरमा संघका निवर्तमान अध्यक्ष विमल रिजालले आम नागरिकको चासोको विषय रहेको वहुआयामिक सभाहलको काम शुरु भै सकेको बताए । उनले भने पहिलो चरणमा कम्पाउन्ड को काम
थालनी भएको छ । दोश्रो चरणमा स्थानिय निकाय संगको समन्वयमा सभाहलको डिजाइन तयार गरेरे काम अगाडी वढाईने छ । बैठकमा संघको २४ औ साधरण
सभा समेत आयोजना गरिने निर्णय गरिएको छ । कार्यक्रममा संघका सल्लाहकार सुरेस हमाल, प्रेस सल्लाहकार शरद रेग्मी, वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे,
उपाध्यक्ष मिनराज भण्डारी र उद्योग उपाध्यक्ष ललितजंग शाह, कोषाध्यक्ष डिल्ली वहादुर वली ,सचिव विनिल के.सी.,सहकोषाध्यक्ष देव वहादुर के.सी. , सदस्य
भुपाल रावत लगायतले मन्तव्य व्यक्त गरे । संघका सदस्य हेमराज गौतमले स्वागत गरेका थिए भने सहजीकरण महासचिव रुप वहादुर खत्री र धन्यवाद ज्ञापन वरिष्ठ सदस्य यज्ञ वहादुर के.सीले गरेका थिए । यसै विच शुभ दिपावली एवं छठ पर्वको अवसरमा वाणिज्य संघले आम उद्योगी व्यापारी, व्यवसायी एवं शुभेच्छुकहरुमा शुभकामना व्यक्त गरेको छ । संघका अध्यक्ष विर वहादुर रावत र महासचिव रुप वहादुर खत्रीले मंगलवार एक विज्ञप्ती जारी गरी
शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस