राष्ट्रिय वाणिज्य संघमा सदस्य थपिए

सुचनापत्र | असोज २५, २०७४ | ३७ पटक हेरिएको

दाङ , बिजौरी नेपाल राष्ट्रिय वाणिज्य संघ बिजौरीको कार्य समितिमा नयाँ सदस्यहरु थप गरिएको छ । संघको सदस्यहरुमा गीता बस्नेत, मेघराज पोख्रेल, दामोदर न्यौपाने र कमला विष्टलाई मनोनीत गरिएको छ । वाणिज्य संघका अध्यक्ष यज्ञबहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकले प्रेस सल्लाहाकारमा गोकर्ण पौडेल र कानुनी सल्लाहाकारमा केशव पोख्रेललाई राखेको छ । त्यसैगरी सल्लाहाकारहरुमा शेबबहादुर खडका, चित्रा धिताल, गमनसिहं खडका, जर्नादन पोख्रेल र हेमराज न्यौपानेलाई राखेको महासचिव शालिकराम मुसाफिरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस