संघीयताको विकल्प

बंशीकुमार शर्मा | पुष ०८, २०७३ | ३६९ पटक हेरिएको

banshi-1नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक देश हो । यहाँ कुनै वर्ग, जाति, जनजातिको राष्ट्रको रुपमा विकास हुनसकेको छैन । यहाँ समुदायबीचमा आर्थिक अवस्था सामाजिक व्यवस्था एकैनाशको छैन । वर्ग जाति जनजाति सबै देशका विभिन्न भागमा छरिरहेका छन् ती सबै वर्ग जाति मिलेर बसेको अवस्था छ ।यस्तो संरचना भएको राष्ट्रमा जातीय पृथकता गर्नु भनेको सामाजिक व्यवस्था खलबलाउनु हो र देशलाई गृहयुद्धतिर धकल्नु हो । नेपालमा बसोबास गर्ने यतिधेरै जातजाति, भाषाभाषीहरुको समिश्रणले नेपाललाई आफैमा विशिष्ट सांस्कृतिक क्षेत्रका रुपमा विकास गरेको पाइन्छ । ऐतिहासिक रुपमा भन्ने हो भने अलग–अलग रुपमा रहेका राज्यहरुलाई एकै ठाउँमा उभ्याएर बलियो राज्यको निर्माण गर्न ९ऋयmmष्लन तयनभतजभच० या छुट्टिएर जाने सम्भावना भएका इकाईहरुलाई एकै ठाउ‘मा राखेर बलियो राज्य निर्माण संघीयता अबलम्बन गरेको पाइन्छ ।

यस्तो परिस्थिति नेपालमा तत्कालीन श्री ५ पृथ्वीनारायण शाहले एकीकरण गर्नु पूर्व छुट्टाछुट्टै अस्तित्वमा रहेका पूर्व किरॉत गणराज्य, लिम्बु राज्य, मिथिला राज्य, कान्तिपुर मल्ल राज्य, पश्चिममा बाइसे चौबीसे राज्यहरुलाई एकीकरण गर्दा संघीयता अबलम्बन गर्न सकिन्थ्यो तर हाल आएर सस्तो लोकप्रियताको लागि केन्द्रीकृत राज्य प्रणालीलाई जातीय आधारमा संघीयतामा गएमा त्यसको परिणाम जातीय दंगा हुनसक्छ ।

जो उदाहरणको लागि जातीय आधारमा संघीयतामा गएका राष्ट्रहरु सुडान, इथियोपिया, युगोस्लाभियाको अवस्था दयनीय छ । जहॉ दैनिकजातीयदंगाभइरहेका छन् । संघीयता राज्यको कारणले नै इथियोपियाबाट ईरिटिया टुक्रिएको छ । युगोस्लाभिया तहसनहसको अवस्थामा छ । सुडान विघटनको संघारमा पुगेको छ । त्यसैले केन्द्रीकृत राज्य प्रणालीलाई विकेन्दीकृत गरी जातीय स्वायंत इकाईहरु निर्माण, स्थानीयरुपमा स्वशासित क्षेत्र जिल्ला निर्माण गरेर एकात्मक राज्यभित्रै सबै जाति, जनजाति वर्गहरुको प्रतिनिधित्व गराउन सकिन्छ ।

जस्तो उदाहरणको लागि चीन, बेलायत, स्पेन, तान्जिनीया, युक्रेन आदि देशहरुले पनि एकात्मक राज्यभित्र सबैको प्रतिनिधित्व गराएको पाइन्छ । हाम्रो देश अल्पविकसित, आर्थिक अवस्था कमजोर भएको देशमा साना–साना राज्यहरुमा बॉडिएपछि ती बेग्ला बेग्लै राज्यको लागि पूर्वाधार तयार गर्न निकै कठिन पर्दछ किनकि ती राज्यहरुको अस्तित्वको लागि साधन श्रोतको ठूलो अंश लगानी गर्नुपर्दछ ।

जो संघीय राज्यमा केन्द्रीय सरकार र राज्य सरकारस‘गस‘गै सञ्चालन हुने ह‘ुदा दुवै राज्य सञ्चालन गर्नको आवश्यक पूर्वाधारहरु पूरा गर्नुपर्दछ । जस्तो व्यवस्थापिका, मन्त्रीमण्डल संसद प्रशासनिक यन्त्र इत्यादि तयार गर्न सक्नुपर्छ । यस्तो

जटिल परिस्थितिको सामना गर्दै संघीयतामा गएमा कतै राष्ट्र नै नरहने हो कि र झन् त्यसैमा जातिय संघीयतामा गएमा एउटा जाति वा समुदायको इच्छा अर्को जातीय वा समुदायस‘ग मेल नखान सक्छ दोस्रो संघीयता सञ्चालन गर्न सक्ने क्षमतामा पनि भर पर्दछ ।एउटा संघीयता राज्यभित्र विभिन्न जाति, भाषा, धर्म, संस्कृति भएका मानिस बस्छन् ती मानिसहरुले जातीय नाममा विभाजन भएका राज्यभित्र बस्न मञ्जुर गर्दछन् वाग र्दैनन् ।यदि बस्न मञ्जुर नभएमा त्यसको परिणाम के हुनसक्छ । त्यसको कल्पना पनि गर्न सकिदैन ।
संसारको इतिहास हेर्दा जातीय आधारमा गएका संघीय देशहरुको अवस्था त्यसैले विश्वमा संघीयतामा गएका सफल राष्ट्रहरु अमेरिका क्यानडा, मेक्सिको, अर्जेन्टिना, ब्राजिल, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, भारत आदि देशहरु जातीय आधारमा नभई छुट्टाछुट्टै अस्तित्वमा रहेका स–साना राज्यहरुलाई एकत्रित गरेर बलियो राज्यको निर्माण भएको हो ।त्यसमा पनि सफलताको कारण विविधता भन्दा एकरुपता हो । अर्जेन्टिना स्पेनीसमा ९६ प्रतिशत मेक्सिको जाति र ९२ प्रतिशत रोमन क्याथोलिक धर्मावलम्बी बसोबास गर्छन् । अस्टे«ेलियामा शतप्रतिशत अंग्रेजीभाषी बसोबास गर्छन् र ९२ प्रतिशत ऋबगअबकष्बल जातिको वर्चश्व छ । जर्मनमा शतप्रतिशत जर्मनीभाषी र ९० प्रतिशत जर्मनीजाति र ७४ प्रतिशत रोमन क्याथोलिक धर्मावलम्बी बस्छन् । संयुक्त राज्य अमेरिकामा शतप्रतिशत अंग्रेजी भाषी र ८५ प्रतिशत गोरा जाति बस्दछन् ।

त्यसैले यी राष्ट्रहरुमा विविधता नभई एकरुपता छ । देश भाषाधर्म, जात विविधता भएका देशरुमा संघीयता समस्याको समाधानभन्दा समस्याको कारक भएका छन् । जस्तो भारत, बेल्जीयम, क्यानडा, इथियोपिया, युगोस्लाभीया, नाइजेरिया, बेल्जियम, बोस्नीया–हर्जगोभिना, सुडान, मेक्सिको यी देशहरुमा आज विविधताको कारणले नै संघीय राज्य तनावपूर्ण भएका छन् । दर्जनौं पटक यी राज्यहरुमा धार्मिक र जातीय युद्ध भएका छन् । त्यसैले हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त मुलुकभएको हु‘दा संघीय राज्य प्रणालीमा जानु उपयुक्त हुँदैन ।

शर्माले यो आलेख सूचनापत्र साप्ताहिकमा लेखेका छन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु