बबई गाउपालिका ७ का बाढि प्रभावितहरु लागी प्रजनन् स्वास्थ्य शिविर बुधवार सम्पन्न

सुचनापत्र | भदौ २८, २०७४ | १३ पटक हेरिएको

दाङ, बबई गाउपालिका वडा नम्बर ७ का बाढिप्रभावि क्षेत्रबासीहरु लागी प्रजनन् स्वास्थ्य शिविर बुधवार सम्पन्न भएको छ । परिवार नियोजन संघ दाङ, जिल्ला जनस्वास्थ्य कार्यालय दाङ, बबई गाँउपालिका र जिल्ला दैवि प्रकोप उद्धार समितिको संयुक्त आयोजनाम शिवीर भएको हो ।  विशेष गरि महिलाहरुमा देखिने प्रजनन् समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिवीर सञ्चालन गरिएको हो । शिविरमा करिब ३ सय बढिले स्वास्थ्य परिक्षण गराएका छन् । त्यस क्रममा पाठेघर खस्ने, सेतो पानी बग्ने, पाठेघरको मुखमा क्यान्सर जस्ता समस्या देखीएको थियो ।

त्यस अवसरमा भिआईए सेवामार्फन महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा डाक्टर अरविन्द भुषाल र डाक्टर सपना अधिकारीले स्वास्थ्य जाँच गरेका थिए ।नेपाल परिवार नियोजन संघ दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवं बबई गाँउपालिकाका प्रमुख भुवनेश्वर पौडेलको प्रमुख आतिथ्य र जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बबई गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष रामबहादुर डाँगी र वडा नम्बर ७ का अध्यक्ष महाविर चौधरीले भनाई राखेका थिए । परिवार नियोजनका सदस्य माया देवकोटा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शाखा प्रमुख बसन्त खनालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस