संबिधान संशोधनमा एमाले बाधकः कांग्रेस नेता निधि

सुचनापत्र | भदौ २८, २०७४ | २७ पटक हेरिएको

जनकपुरधाम, नेपाली कांग्रेसका नेता एवं पूर्बगृहमन्त्री विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेर पछिल्लो पटक संविधान संशोधन हुन नदिएको बताएका छन् ।नेपाली कांग्रेस धनुषाद्धारा बुधबार जनकपुरमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै कांग्रेस नेता निधिले तराई–मधेश लगातयका समस्या समाधन गर्नका लागि अघि बढाइएको संबिधान संशोधन बिधेकय मूलतः एमालेको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरे । निधिले भने, “हामी मुलुकमा राजनीतिक स्थिरता ल्याउन चाहेका छौँ । तर, एमालेले मुख्य उद्धेश्य मुलुकमा द्धन्द्ध फैलाउनु रहेको छ ।” एमालेको प्रमुख उद्देश्य देखिएको छ ।’ नेपाली जनताले आफ्नो अधिकार प्रयोग गरी निर्माण गरेको संविधानलाई काँग्रेसले सर्वस्वीकार्य बनाउन चाहे पनि एमालेको अवरोधका कारण तत्काल संभव हुन नसकेको निधिले प्रष्ट्याए । एमाले नेताहरुले विदेशमा गएर संघीयताको विरोधमा लबिङ गरेर राष्ट्रघाती कार्य गरेको भन्दै एमाले मधेश विरोधी, गणतन्त्र विरोधी र संघीयता विरोधी पार्टी रहेको प्रष्ट भइसकेको निधिको भनाई थियो । नेता विमलेन्द्र निधिले मुलुकमा विकासको लहर ल्याउन दुई नम्बर प्रदेशमा नेपाली काँग्रेको झण्डा फहराउन पनि आग्रह गरे । कांग्रेस मुलुकको विकासप्रति प्रतिवद्ध पार्टी रहेको भन्दै उनले आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन मतदाताहरुसँग अपिल गरे । नेपाली काँग्रेसकै पहलमा विकास निर्माणका पूर्वाधारहरु अगाडी बढेको बताउँदै नेपाली काँग्रेसका उम्मेद्वार निर्वाचित भएपछि धनुषाको मात्र नभई सिंगो २ नंबर प्रदेशको विकास निश्चित रहेको उल्लेख गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा धनुषाको सीमावर्ती क्षेत्र पिपरौनमा भन्सार कार्यालय सञ्चालन गर्ने प्रस्ताव अगाडि बढिसकेको उनले जानकारी दिए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पार्टी नेता कार्यकर्तालाई समेत एकजुट भएर काँग्रेसका उम्मेदवारलाई बिजयी गराउन नतो निधिले आग्रह गरे । चुनाव भन्दा बाहिर रहेको आन्दोलनकारी शक्तिहरुलाई चुनावमा ल्याउन नेपाली काँग्रेस सफल भएको भन्दै काँग्रेसले मुलुकमा द्धन्द्ध समाधानको अगुवाई गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु