प्रजातान्त्रिक व्यवसायिक प्यानलको प्रचार सुरु

| भदौ २८, २०७४ | ० पटक हेरिएको

नारायणपुर,नारायणपुर उद्योग वाणिज्य संघको यही भदौ ३१ गते हुने निर्वाचनकालागि प्रजातान्त्रिक व्यवसायिक प्यानलले प्रचारप्रसार एवं घरदैलो सुरु गरेको छ । निर्वाचन समितिले चुनाव चिह्न दिएसँगै प्रचारप्रसार सुरु भएको हो । प्रचारप्रसार समितिका संयोजक प्रकाशकुमार न्यौपानेको नेतृत्वसमा अध्यक्ष पदका उमेद्वार महेन्द्रकुमार दाहालसहित सम्पूर्ण उमेद्वारले घरदैलो सुरु गरेका हुन् ।डुरुवाको कोठरीबाट सुरु भएको घरदैलो एवं प्रचारप्रसार कार्यक्रम कोठरी कर्मटिया, ढिकपुर, कटुकी, दुुन्द्रा, बनगाँउ लगायतका क्षेत्रमा भएको उद्योग उपाध्यक्ष पदका उमेद्वार अभियान बस्नेतले जानकारी दिए । व्यापारी मतदाताहरुसँगको भेटमा मतदाताहरुले आफूहरुले भोग्नुपरेको समस्याको बारेमा जानकारी गराउदै समस्या समाधान गरिदिनुहुन अनुरोध गरेका थिए । साथै उनीहरुले प्रजातान्त्रिक व्यवसायिक प्यानलका उमेद्वारहरु सक्षम एवं कर्मठ भएकाले विजयी हुने बताएका थिए ।
चुनाव चिह्न प्रदान
नारायणपुर उद्योग वाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनकालागि निर्वाचन समितिले चुनाव चिह्न दिएको छ । समितिले सम्पूर्ण उमेद्वारहरुलाई चुनाव चिह्न दिएको हो । जसमा प्रजातान्त्रिक व्यवसायिक प्यानलबाट अध्यक्ष पदका उमेद्वार महेन्द्रकुमार दाहालको गौतम बुद्धको तस्वीर, उद्योग उपाध्यक्ष पदका उमेद्वार अभियान बस्नेतलाई हात्ति, वाणिज्य उपाध्यक्ष पदका उमेद्वार तिलकराम पौडेललाई छाता, महासचिव पदका उमेद्वार दिपक सुवेदीलाई कमलको फूल, सचिव पदका उमेद्वार तिलबहादुर रोकालाई मोटरसाईकल, कोषाध्यक्ष पदका उमेद्वार बसन्त न्यौपानेलाई दियो, सदस्यहरु पदका उमेद्वारहरु रेखा खनाललाई चस्मा, सनतकुमार आचार्यलाई टेबल पंखा, धरमबहादुर केसीलाई कुर्सी, निमकुमार चौधरीलाई स्याउ, अनिलकुमार बस्नेतलाई कैची र मोहनबहादुर न्यौपानेलाई घर चुनाव चिह्न दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु