तुलसीपुर उपमहानगरपालिकामा सिसी क्यामेरा जडान , सम्पूर्ण गतिविधि सिसी क्यामेरावाट निगरानी गरिने :उपमेयर आर्चाय

सुचनापत्र | भदौ २८, २०७४ | १६ पटक हेरिएको

दाङ, तुलसीपुर उपमहानगरपालिकाको सम्पूर्ण गतिविधि अब सिसी क्यामेराको निगरानीमा रहने भएको छ । कर्मचारीको कार्य सम्पादनको विषयलाई लिएर व्यापक गुनासो हुने गरेपछि त्यसको अन्त्य र कामलाई छिटोछरितो गर्नका लागि हरेक कर्मचारी तथा सेवाग्राहीका गतिविधि कैद गर्ने गरी सिसी क्यामेरा जडान गरिएको उप मेयर माया आर्चायले बताईन ।

उपमहानगरपालिकाले कार्यालयबाट प्रवाह गरिने सेवा सेवालाई थप प्रभावकारी तुल्याउनका लागि कार्यालयमा २३ वटा सिसी क्यामरा जडान गरीएका छन । कार्यालयका प्रत्येक शाखामा के–कसरी सेवा प्रवाह भइरहेको छ त्यसको मूल्याङ्कन गर्नुका साथै कर्मचारीले कामकाजका के कस्तो गरेका छन, को आएको छ को आएको छैन भन्र्ने उद्देश्यका साथ कार्यालयमा सिसी क्यामरा जडान गरिएको उपमेयर आचार्यले बताईन । सिसी क्यामराको कन्ट्रोल मेनु उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको कार्यकक्ष र कार्यालय प्रमुखको कार्यकक्षमा राखिएको छ ।

दुई लाख ५० हजार लागतमा प्रत्येक शाखामा गरी कुल २३ वटा सिसी क्यामरा जडान गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । ईन्टरनेट सिस्टमसहित जडान गरिएका सिसी क्यामराको नेटको पहुँच हुने जुनकुनै स्थानबाट निगरानी गर्न सकिने भएकाले कार्यालयको सेवा प्रवाह अब चुस्तदुरुस्त बन्ने उप मेयर आर्चायले बताईन । त्यस्तै लामो समयदेखी तुलसीपुर बजारमा बन्द भएका सिसी क्यामेराहरु संचालनका लागी मर्मतका लागी काम शुरु भएको उपमेयर आर्चायले बताईन । तुलसीपुर बजारको सुरक्षाको लागी करिब १ सय नयाँ सिसी क्यामेरा जडान गर्न निर्णय समेत उपमहानगरपालिकाले गरेको उपमेयर आर्चायले बताईन ।

प्रतिक्रिया दिनुहोस