प्रहरीको हिरासत भित्र मृत्यू भएका गंगटे भनिएका ब्यक्तिको सम्वन्धमा प्रहरीको प्रतिवेदन सार्वजनिक

सुचनापत्र | भदौ २७, २०७४ | १६ पटक हेरिएको

दाङ ,वडा प्रहरी कार्यालय लमहीको हिरासत भित्र मृत्यू भएका भनिएका ब्यक्तिको सम्वन्धमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलवार संघिय प्रहरी ईकाई कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीले गंगटे भन्ने ब्यक्तिको मृत्यु राप्ती उपक्षेत्रिय अस्पताल घोराहिमा भएको बताएको छ । उपचारका लागि लमहिका दुई वटा अस्पतालमा लगिएको र अस्पतालले घोराहि रिफर गरे पछि घोराहि ल्याउदा अस्पतालमा डाक्टरले मृत घोषित गरेको खुल्न आएको बताए । अनुसन्धानमा खटिनु भएका ईकाई प्रहरी प्रमुख दिलिप चौधरिले घटनाका बारेमा लमहिमा पुगि अनुसन्धान गरेको र त्यहाँ रहेका थुनुवाहरु तथा डिउटीमा रहेको प्रहरी लगाएत सवै संग सोधपुछ एव वयान गर्दा गंगटे लाई प्रहरीले १२ गते घोराहिमा पक्राउ गरि १३ गते ईप्रका लमहिमा लगिएको र सोहि दिन साझ मेडिकल गरि हिरासतमा राखिएको बताईएको छ ।

रातिको समयमा हिरासतमा रातभर होहल्ला गरेको तथा मादक पदार्थ माग्ने , टाउको भित्तामा ठोक्ने लगाएतका कार्य गरेको तथा १४ गते बिहान पख वेहोस भई भुईमा लडे पछि अर्का थुनुवाले खवर गरे पछि प्रहरी पुग्दा वेहोस देखेको र प्रहरीकै गाडिमा अस्पताल पु¥याएको उनी संगै थुनामा रहेका अन्य थुनुवाहरुले बताएको चौधरीले पत्रकार सम्मेलनमा बताए । लमहिका २ वटा अस्पतलमा उपचार नभए पछि एम्वुलेन्स मार्फत गंगटे लाई घोराहि अस्पतालमा ल्याईएको प्रहरीले बताएको छ । आफुहरुले समेत घटनालाई चासोका साथ हेरेको हुदा सुक्ष्म रुपमा अध्ययन गरेको हुदा घटना विवरण अनुसार गंगटेको प्रहरीको कुटाई वा लार्पवाहिले नभई अचानक मृत्यु भएको देखिएको चौधरीले बताए । घटनाको अनुसन्धानका क्रममा घटना स्वाभाविक भएको तर जिल्ला प्रहरी कार्यालयले आफनो आधिकारि फेसवुक पेजमा सार्वजनिक गर्दा गैर जिम्मेवारी गरेको पत्रकार सम्मेलनमा एस एस पि चौधरीले बताउनु भयो । फेसवुकमा घटना सार्वजनिक गर्दा मिति फरक पर्न गएको र वेवारिसे अवस्थामा सव फेला भन्ने गैर जिम्मेवारी सुचना प्रवाह गरेको हुदा बाहिर घटना रहस्यमय जस्तो देखिन गएको चौधरीले बताए । चौधिरले आफनो प्रतिवेदनमा उक्त सुचना प्रवाहमा गैर कम्जोरी गर्ने प्रहरीलाई कारवाही गर्नु पर्ने उल्लेख गरिएको छ ।

 

सो अवसरमा बोल्दै एआईजी मिङमार लामाले घटना स्वाभाविक भएको भन्दै कुनै ब्यक्तिको काललाई प्रहरीले रोक्न नसक्ने तर जनतालाई सहि सुचना दिनु प्रहरीको काम भएको स्पष्ट पारे । उनले गलत सुचन दिने जिल्ला प्रहरी कार्यालयका एस पि , सुचना फाटका प्रहरी निरिक्षक र हिरासत हेर्ने गार्ड तिनै जनालाई बिभागीय कारवाही हुने बताए । उनले भने, प्रहरीको काम जनतालाई भ्रमित पार्ने नभई सहि र सत्य सुचना दिनु भएको भन्दै यो घटनामा प्रहरीको कम्जोरी रहेको स्वीकार गरे । सो घटनाका सम्वन्धमा ए आई जि लामाले एसएसपी चौधरीलाई घटनाको वारेमा सत्य तथ्य पत्ता लगाई प्रतिवेदन वुझाउन जिम्मेवारी दिएका थिए ।  प्रहरीले अस्पतालमा मृत्यू भएका ब्यक्तिको शव चौपट्टामा बेवारिसे अवस्थामा भेटीएको भन्दै फेसवुक मार्फत सार्वजनिक गरेको थियो । तर, तिनै वेवारिसे भनिएका ब्यक्तिलाई नियन्त्रणमा लिएर मेडीकल जाँचको लागी लमही अस्पतालमा प्रहरीले आफै लगेको फोटो सार्वजनिक भएपछी प्रहरीले घटना लुकाउन खोजेको हो कि भन्ने आशंका उव्जिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस