सामाजिक परिचालकलाई स्थानिय तहमा समायोजन गर्न माग

| भदौ १४, २०७४ | १३ पटक हेरिएको

बिमल योगी  दाङ, दाङको उपमहानगरपालिका,नगरपालिका र गाँउपालिकमा कार्यरत सामाजिक परिचालकहरुले स्थानिय तहमा समायोजन गर्नको लागी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन । संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले सञ्चालन गरेको स्थानिय साशन तथा सामुदायिक बिकास कार्यक्रम अन्तरगत २०६६ सालेदखी कार्यरत उनिहरुले सेवामा निरन्तरता र उचित पारिश्रमिको व्यवस्था गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाएका हुन । सामाजिक परिचालक हकहित संरक्षण केन्द्र प्रदेश नम्वर ५ का सचिव बिमल योगी र केन्द्रिय उपाध्यक्ष कमला चन्दको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले देशभर ५ हजारको संख्यामा रहेका सामाजिक परिचालकलाई स्थानिय तहमा सामाजिक बिकास शाखा स्थापना गरी स्थापित गर्नुपर्ने,सामाजिक परिचालको योग्यता अनुसार तलव भत्ता,बिमा,औषधी उपचारको व्यवस्था गर्नुपर्ने माग समेटिएको ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउदै केन्द्रका प्रदेश सचिव बिमल योगीले स्थानिय तहमा कर्मचारी अपुग भैरहेको,भएका कर्मचारी पनि वडा तहमा जान नमानिरहेको अवस्थामा स्थानिय तहको कामका बिषयमा अधिकांस ज्ञान भएका दक्ष सामाजिक परिचालकलाई स्थानिय तहले व्यवस्थापन गर्न जरुरी रहेको बताए । सामाजिक परिचालकको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सामाजिक परिचालकले राखेका माग जायज रहेको भन्दै लामो अनुभव बोकेका कर्मचारीलाई सरकारले व्यवस्थापन गर्न सक्ने बताए । सामाजिक परिचालकले राखेका माग मन्त्रालयमा तत्कालै पठाउने जानकारी दिदै उनीले सामाजिक परिचालक राज्यका सुचना तल्लो तहमा पू¥याउने प्रमुख माध्यम रहेकाले जिम्मेवार भएर जनताको सेवामा जुट्न आग्रह गरे । सामाजिक परिचालक हकहिति संरक्षण केन्द्रको निर्देशन अनुसार दाङ लगायत देशभर बुधवार ज्ञापनपत्र बुझाइएको हो ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु