शान्ति सुरक्षा मजवुन पार्न ब्यवसायीहरुको आग्रह

सुचनापत्र | भदौ १०, २०७४ | २३ पटक हेरिएको

दाङ , तुलसीपुरका उद्योगि ब्यवसायीहरुले पश्चिम क्षेत्रको शान्ति सुरक्षा मजवुन पार्न मन्त्रि चौधरि संग आग्रह गरेका छन । शनिवार तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको नवनियुक्त श्रम राज्य मन्त्रि डिल्ली बहादुर चौधरीको स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने ब्यवसायीहरुले ब्यवसायी हत्याले सवैलाई चिन्तीत बनाएको भन्दै सुरक्षा अवस्था मजवुत पार्नका लागी आग्रह गरेका हुन । सो कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतले ब्यवसायीक सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउन माग गरेका थिए । साथै रावतले तुलसीपुर एअरपोर्ट संचालन , लमही तुलसीपुर सडको स्तर उन्नति तथा सुर्खेत जोडने सडक कालोपत्रेका लागी पहल गर्न मन्त्रि चौधरीको ध्यानकर्षण गराए । सो अवसरमा बोल्दे निर्वतमान अध्यक्ष बिमल रिजालले बिकास प्रेमि नेताको रुपमा आफुनो परिचय बनाएका चौधरीले मन्त्रि हुुनुले दंगालि जनताले ठुलो अपेक्षा गरेको बताए । जनताले थप बिकासको अपेक्षा गरेको भन्दै रिजालले जिल्लामा बाढिले पु¥याएको क्षेतिको पुर्न निमार्ण र पिडितहरुलाई तत्काल पुर्नवासको ब्यवस्थाका लागि पहल गर्न आग्रह गरे । सो अवसरमा बोल्दै नवनियुक्त राज्य मन्त्रि चौधरीले जिल्लाको बिकासका लागी आफुले सदैव भुमिका निर्वाह गर्ने बताए । तुलसीपुरको सुरक्षा अवस्था प्रति सवैको चिन्ता रहेको भन्दै यसलाई मजवुत पार्नका लागि आफुले पहल गर्ने बताए । त्यसैगरी राज्य मन्त्री चौधरीले बाढि पिडितको पुर्ननिमार्णका लागि अर्थ मन्त्रालय संग २ अवर रुपैया माग गरेका तथा एअरपोर्टको डि पि आर तयार भै रहेको भन्दै सोह अनुसार अगाडि वढने बताए । कार्यक्रमको संचालन महासचिव रुप बहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस