मर्यादित ब्यबसायीका लागि सहाराले प्रशिक्षण दियो

| साउन २७, २०७४ | ० पटक हेरिएको

घोराही, भदौँ १ गतेदेखि सेवा सञ्चालनको तयारी गरेको सहारा यातायात प्रालिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रालिले चालक, सहचालक, परिचालक, ब्यबसायी, कर्मचारीलाई सहभागी गराएर मर्यादित सेवा सञ्चालनका लागि प्रशिक्षण दिएको हो । प्रालिका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रालिले सेवा सञ्चालनमा कर्मचारीले यात्रुलाई गर्नुपर्ने ब्यबहार, चालक, परिचालक र सहचालकहरुले सवारी साधान सञ्चालनका क्रममा अपनाउनु पर्ने ट्राफिक नियम र ब्यबसायीहरुले ब्यबसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने नियमका बारेमा जानकारी गराइएको थियो । सहभागी कर्मचारी, ब्यबसायी, चालक, सहचालक तथा परिचालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक उत्तम जिसी र प्रालिका अध्यक्ष सुरेन्द्र केसीले प्रशिक्षण दिएका थिए सहभागीहरुले सहारा यातायात प्रालिलाई नमुना यातायात ब्यबसायीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । सहारा यातायात प्रालिले सेवा सञ्चालन गर्नु पुर्व कर्मचारीलाई नियम र ब्यबसायीलाई पनि सचेत पार्ने काम गरेको छ । प्रालिले भदौँ १ गतेदेखि डिलक्स सेवासहितको बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस