तुलसीपुरमा बन्ने भो व्याट्मिन्टन हल

| साउन ०४, २०७४ | २१९ पटक हेरिएको

लक्ष्मण बस्नेत ,दाङ  तुलसीपुरमा व्याट्मिन्टन खेलको कर्वडहल निर्माण कार्य सुरु गरिएको छ । अञ्चल प्रहरी कार्यालय राप्तिका प्रमुख ज्ञानविक्रम शाहले वुधबार शिलान्यास गरेसंगै दाङको तुलसीपुरमा कवर्डहलको निर्माण कार्य सुरु  गरिएको हो । अञ्चल प्रहरी परिसर भित्र झण्डै ३० लाख बराबरको लागत स्टिमेटमा स्टील स्टक्चर्समा निर्माण गरिन लागिएको कर्वडहल २९ फिट चौडाई, ५९ फिट लम्बाई र ३३ फिट उचाई रहने अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिए । अञ्चल प्रहरी कार्यालय राप्तिको प्राविधिक सहयोग र दाङ जिल्ला व्याट्मिन्टन संघको सहकार्यमा निर्माण गरिन लागिएको हल आधुनिक प्रविधीयुक्त चौविसै घण्टा खेल्न सकिने लाइटिङको व्यवस्था समेत रहने शाहले बताए । साथै उहाँले हल नहुदा आउट डोरमा खेल्नु पर्ने समस्या अव निकट भविश्यमा अन्त्य हुने बताए । अञ्चल प्रहरी कार्यालय राप्तिको स्वामित्वमा हल निर्माण गरिएपनि व्याट्मिन्टन खेल खेल्न चाहाने सबै सर्वधारणको हलमा पहुँच रहने उनीको भनाई थियो । शाहका अनुसार हल निर्माणका अधिकाँश काम समेत जिल्लामा स्थापित संघ÷संस्था, उद्योगी,व्यवसायी, खेलप्रेमी, खेलाडी, लगाएतको आपसी सहयोग र सहकार्य बाट गरिनेछ । दाङ जिल्ला व्याट्मिन्टन संघका अध्यक्ष भास्करराज मजगैयाका अध्यक्षता तथा अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रमा बोल्ने बक्ताहरुले खेलकुदको पुर्वाधार विकासलाई पहिलो प्राथमिकता दिनु पर्ने कृुरामा जोड दिएका थिए । उनिहरुले हल निर्माणको कार्यले खेल विकासमा एउटा ईट्टा थपिएको भन्दै विकासको साझेदारीका रुपमा आफँुहरुको सहयोग रहने बताएका थिए । संघका पुर्व अध्यक्ष अनुप कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष नवराज लामिछाने लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । खेलप्रेमी, खेलाडी, विभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको कार्यक्रमको संचालन संघका उपाध्यक्ष विनोद शर्माले गरेका थिऐ भने धन्यबाद अधिवक्ता प्रविण लम्साल धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस