जिपको ठक्कर दिदा बालिकाको मृत्यु

| साउन ०३, २०७४ | २२९ पटक हेरिएको

दाङ,दाङमा सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । पश्चिम बाघमारेवाट तुलसीपुर आउदै गरेको भे १ च १८६० नम्बरको जिपले बा ३६ प ५२६० नम्बरको मोटरसाइकललाई शान्तिनगर २ अमुवामा पछाडिबाट ठक्कर दिदा बबई गाउँपालिका ३ हंशपुरकी ८ बर्षीया प्रतिक्षा विकको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते विकको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस