रुकुममा श्रीमानले गरे श्रीमतीको हत्या

| असार २७, २०७४ | ५६ पटक हेरिएको

रुकुमको पुथाउत्तरगंगा गाउँपालिका ७ जाङमा नवनिर्वाचित वडा सदस्यको हत्या भएको छ । जाङका नवनिर्वाचित दलित महिला सदस्य २७ वर्षिया बयानसरी कामीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । स्थानीयले घटनाका बारेमा प्रहरीलाई खवर गरेका थिए ।
घटनाको खबर पाएपछि प्रहरी चौकी जाङबाट खटिएको प्रहरी टोलीले श्रीमतिको हत्या आरोपमा श्रीमान ३८ वर्षिय तेजबहादुर कामीलाई पक्राउ गरेको छ । घटनामा तेजबहादुररको संलग्नता भएको देखिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक थम्मनबहादुर रजालीले जानकारी दिए । मदिरा सेवन गरेर तेजबहादुरले खुकुरी प्रहार गरी श्रीमति बयानसरीको हत्या गरेका प्रहरीले जनाएको छ । बयानसरी असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालिका ७ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर दलित महिला सदस्यमा निर्वाचित हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु