नेपाली काग्रेस दाङको एक गाउंपालिकामा विजय

| असार १७, २०७४ | ३० पटक हेरिएको

दाङ, नेपाली काग्रेस दाङको एक गाउंपालिकामा विजय हासिल गरेको छ । दाङको राजपुर गाउंपालिकामा काग्रेसको तर्फवाट अध्यक्ष पदमा लोकराज के.सी विजयी भएका छन । काग्रेसको तर्फवाट केसीले २ हजार ३ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन । त्यस्तै उपाध्यक्षमा धनपतिदेवी यादव २ हजार २ सय ७३ मत प्राप्त गरी विजयी भएकि छन । त्यस्तै उनीका प्रतिद्धण्द्धी माओवादी केन्द्रका श्याम बहादुर झाक्रीले १ हजार ८ सय ५८ र पुष्पा यादव १ हजार ८ सय ४९ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा एमालेका एमाले कुलराज गिरी १ हजार ७ सय ८१ र सिता यादव १ हजार ७ सय ५४ मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकामा जम्मा मतदाता १० हजार ४ सय २३ थिए भने ८ हजार ४५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस