नेकपा माओवादी केन्द्रले दाङको एक गाउंपालिकामा विजय हासिल

| असार १६, २०७४ | ३१ पटक हेरिएको

दाङ, नेकपा माओवादी केन्द्रले दाङको एक गाउंपालिकामा विजय हासिल गरेको छ । दाङको बंगालाचुली गाउंपालिकामा माओवादी केन्द्रको तर्फवाट अध्यक्ष पदमा भक्त बहादुर वली विजयी भएका छन । माओवादी केन्द्रले ३ हजार ३ सय ५२ मत प्राप्त गरी वली विजयी हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा यमुना घर्तिले ३ हाजर ३ सय ७१ मत प्राप्त गरी विजयी भएकि छन । त्यस्तै उनीका प्रतिद्धण्द्धी नेपाली काग्रेसका भोजराज पाण्डेले २ हजार ५ सय १५ निर्मला खनालले २ हजार ५ सय ५९ मत प्राप्त गरेकि थिइन । त्यस्तै नेकपा एमालेका गिरीराज कुवरले १ हजार ६ सय ३४ मत र तारा थापाले १ हजार ६ सय ३४ मत प्राप्त गरेका थिए । बंगालाचुली गाउँपालिकाका ८ वडा मध्ये ६ वडा सहित माओवादी केन्द्रले जित हासील गरेको छ । उक्त गाउँपालिकामा जम्मा मतदाता ११ हजार ४ सय ७ थिए भने ८ हजार ३ सय ५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस