शान्तिनगर गाउँपालिका–७ मा माओवादी प्यानल नै विजयी

| असार १६, २०७४ | ४८ पटक हेरिएको

दाङ, शान्तिनगर गाउँपालिका वडा नं ७ मा माओवादी केन्द्रका पिमलाल वलीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्दी एमालेका डिल्लीबहादुर पाण्डेलाई १२ मतको झिनो अन्तरले पराजित गर्दै वली विजयी भएका हुन् । विजयी वलीले ४९५ मत प्राप्त गरेका छन् भने पाण्डेले ४८३ प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यमा सुभद्रा भण्डारी, दलित महिला सदस्यमा दुर्गा विक र सदस्यहरुमा राजेश चौधरी र बुद्धिराम चौधरी विजयी भएका छन् ।
कुल मतदाता २ हजार १ सय २९ रहेको यस वडामा १ हजार ५ सय ८८ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु