बाकेको कोहलपुर ढकेरी सडक खण्डमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु

| असार ०३, २०७४ | २७ पटक हेरिएको

बाके,बुटवलदेखि सुर्खेत जाँदै गरेको यात्रु बाहक कोहलपुर ढकेरी सडक खण्डमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी शुरेश प्रसाद काफ्लेले जानकारी दिए । उनीका अनुसार शनिबार बिहान करिव साढे २ बजेतिर तीब्र गतिका कारण दुर्घटना हुँदा एक जनाको घटनस्थलमै ज्यान गएको छ । दुर्घटनामा परी मृत्यू हुनेमा बसका यात्रु निलु अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक काफ्लेले बस तीब्रगतिमा रहेको र सह–चालकले चलाएको अवस्थामा घटना घटेको प्रारम्भिक जानकारी आएको जानकारी दिए । बसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस