हराएको मोटरसाईकल फेलापरी ट्राफिक प्रहरीले मो.सा धनिलाई हस्तान्तरण

| असार ०१, २०७४ | ५६ पटक हेरिएको

दाङ,जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले मोटरसाइकल धनि दामोदर भण्डारी लाई निजको हराएको मोटरसाईकल हस्तान्तरण गरेको छ । भन्डारी घोराही उपमहानगरपालिका वडा नं १३ सेवार खोला निबासी हुन् । भण्डारीको रा.१.प. ९४५८ नम्बरको पल्सर मोटरसाईकल जेठ २ गते साढे ६ बजे घोराही उपमहानगरपालि वडा नं १५ काठेकोहल बाट हराएको थियो । खोजतलासको क्रममा प्रहरीले उक्त मोटरसाइकल जेठ २८ गते फेलापारी बुधबार सम्बन्धित सवारी धनिलाई हस्तान्तरण गरेको प्रहरी निरिक्षक ओम प्रकाश वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस