कर्णाली नदीमा खस्दा ११ जनाको मृत्यु ,१८ जना घाइते

| जेठ ३१, २०७४ | ७३ पटक हेरिएको

कालिकोट : कालिकोटको जितेगडाबाट महेन्द्रनगर जाँदै गरेको बस दैलेखको खिडकीज्युला र राकम  बीचमा कर्णाली नदीमा खस्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो भएको बस दुर्घटनामा १८ घाइते भएका छन्। बसमा कम्तिमा पनि ३५ जना सवार भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। कालिकोटबाट बस छुट्दा १५ जनाले मात्रै टिकट काटेपनि बाटोमा अन्य यात्रुहरु थपिँदा बसमा सवार यात्रुहरुको संख्या बढेको प्रहरीले जनाएको छ। बस नदीमा डुबेको र अहिले उद्दार कार्य भइरहेको घटनास्थलबाट मनोज माझीले जानकारी दिएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस