दाङलाई आधार बनाएर लघु चलचीत्र गाँउपालीका बन्दै

| जेठ २४, २०७४ | १७ पटक हेरिएको

दाङ, स्थानिय निकायहरु स्थानिय तहमा रुपान्तरीत भए सँगै दाङलाई आधार बनाएर लघु चलचीत्र गाँउपालीका बन्ने भएको छ । राज्य पुन संरचना भए सँगै जनतामा अन्यौल छाएको अबस्थामा जनतालाई नया बनेका स्थानिय तहहरुबाट हुने काम कुराको बारेमा जानकारी दिने उद्धेश्यले चलचीत्रको निर्माण हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ । बुधवार चलचित्रको घोराहीको अम्बिकेश्वरी मन्दिरमा शुभमुर्हत गरिएको कलाकार तथा निर्माता निर्देशक सरोज वलीले जानकारी दिएका छन । रिर्पाेटर्स क्लव तुलसीपुरमा पत्रकार सम्मेलनमा बोल्दै वलीले यो लघु चलचित्रले आम नागरिकहरुलाई सिंहदवारको सेवा सुविधा गाउँगाउँ पुगेको शन्देश दिनुका साथै संवृद्धि, सुसुचित, खवरदारी गर्न नागरिकलाई चेतना दिने रहेकको बताए । त्यसैगरी यसले अहिले निर्वाचित हुने जनप्रतिनिधीले कसरी आफ्नो भुमीका निवार्ह गरी समाजलाई उन्नती तर्फ लग्ने भन्नेमा पनि मदत पुग्ने र यो चलचित्र निर्माण भएपछि प्रत्येक स्थानिय निकायहरुमा यसको भिडियो उपलब्ध गराउने वलीले बताए । चलचित्र ७० मिनेटको रहने लगानीको हिसाबले २५ लाख सम्म लाग्ने उनले जानकारी दिए । चलचित्रमा कलाकारहरु रवि गिरी नायिका केकी अधिकारी कलाकारहरु गौरब पहाडि, पल्पसा डंगोल, रमा थपलिया, मुकुन्द आचार्य, कमल गाउले,डा. लोकराज पराजुली लगाएतका केन्द्रीय तथा स्थानिय कलाकारहरुको अभिनय हुने जानकारी दिईएको थियो ।
चलचित्रमा लगानी स्थानिय विकास मन्त्रायल र प्याक्ट वल्र्डको रहेको छ ।

प्रतिक्रिया दिनुहोस