धुर्मुस(सुन्तलीले घोषणा गरे ५ अर्बको नमुना नेपाल योजना

| जेठ २२, २०७४ | ४७ पटक हेरिएको

काठमाडौं , कलाकार एवं समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली०को जोडीले नयाँ योजना नेपाल भित्रको नेपालस् नमुना नेपाल घोषणा गरेको छ। धुर्मुस(सुन्तली फाउन्डेसनले निर्माण गर्ने अनुमानित पाँच अर्ब लगानीको ुनेपाल भित्रको नेपालस् नमुना नेपालु योजनाको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सोमबार काठमाडौंमा घोषणा गरेका हुन्। अधिकतम एक हजार रोपनी जग्गामा नेपालको हिमाल, पहाड र तराईको झल्को दिने बस्ती निर्माण गर्ने घोषणा गर्दै अध्यक्ष कट्टेलले नयाँ नेपाल तथा समृद्ध नेपाल निर्माणका लागि आफूहरु लागेको बताए। ु५ अर्बको योजना सोच्दा दिमागमा ढ्यांग्रो बजेको थियोु, नयाँ बस्ती निर्माण योजनाबारे कट्टेलले भने, ुतर, प्रत्येक नेपालीले २ सय मात्रै लगानी गर्‍यो भनेपनि ६ अर्ब र विदेशमा रहेका नेपालीले २ हजार मात्रै दिँदा पनि ९ अर्ब हुने रहेछ, यसले मलाई साहस दिएको छ।ु देश विदेशमा रहेका नेपालीले सहयोग गर्नेछन् भन्ने आशासहित नयाँ योजनामा लागेको उनले बताए। सीताराम कट्टेलले जग्गा र पुजीँको व्यवस्था भएको दिन कहिले योजना पूरा हुनेछ भन्ने जानकारी दिने बताए। फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले भूकम्प पीडित र मुसहर बस्ती निर्माणपछि नयाँ काम गर्ने जाँगर आएको बताइन्। उनले नेपाली जनताको सेवामा लागिरहने बताइन्।

प्रतिक्रिया दिनुहोस