कलाकारितामा व्यावसायिकता वढ्दै कलाकार आचार्य

| जेठ १६, २०७४ | ५४ पटक हेरिएको

कलाकार आचार्य कलाकार हरिवंश आचार्यले कलाकारितामा व्यावसायिकता वढ्दै गएको बताएका छन । उनीले लेखेको हरि बहादुर नामक किताबको प्रचारका लागी दाङ आएका आचार्यले “हाम्रो समयमा व्यावसायिकता भन्दा पनि रहरका लागि मानिसहरु कलाकारितामा लाग्थे तर अहिले कलाकारिताले व्यावसायिकताको रुप लिएको छ, कलाकार वनेरै सुन्दर तरिकाले जीवन निर्वाह गर्न सकिन्छ ” तुलसीपुरमा चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आचार्यले वताए ।

नेपाली चलचित्रमा वलियो पाखुरा र चिटिक्कको अनुहार भएको मान्छे मात्रै हिरो र हिरोइन हुन सक्छ भन्ने मान्यता पुरै वदलिएको वताउदै उनले भने “ खास गरेर कुनै जाति या संस्कृतिका विषयहरुमा आधारित चलचित्र वन्ने क्रम वढ्दै जाँदा सामान्य पात्रहरु समेत चलचित्रका नायक नायिका वन्ने अवसर पाएका छन््, दर्शकले पनि यस्ता पात्र मनपराउन थालेका छन् ” नेपाली कला क्षेत्रमा चार दशक विताएका आचार्यले मौलिक कथाले मात्रै नेपाली चलचित्रको वजारलाई फराकिलो वनाउने वताए । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा आचार्यले भने “हामीले अरुको नक्कल गर्यौ भने सो अनुसार लगानी गर्न सक्दैनौ तर आफ्नै कथा वनायौ भने हामीले आफ्नै तरिकाले निर्माण गर्न सक्छौ ।” पत्रकार वसन्त विवश आचार्यले चलचित्रको क्षेत्रमा नयाँपनले प्रवेश पाउँदा नेपाली दर्शकहरु वढ्दै गएको वताउनु भयो भने रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीले हरिवंश आचार्यले नेपाली कलाको क्षेत्रमा अतुलनिय योगदान दिएको बताए ।

प्रतिक्रिया दिनुहोस