तुलसीपुरमा जेसीज सप्ताह शुरु , दोस्रो दिन मैत्रीपुर्ण फुटवल

| जेठ १३, २०७४ | ४६ पटक हेरिएको

तुलसीपुर, तुलसीपुरमा जारी जेसीज सप्ताह अन्र्तगत आज शनिवार दोस्रो दिन मत्रीपुर्ण फुटवल प्रतियोगीता आयोजना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका, बैकर्स, रोट्रयाक क्लव तुलसीपुर, तुलसीपुर नगर जेसीज प्याब्सन,एन प्याब्सन मोबाइल एसोसियसन तुलसीपुरका विचमा मैत्रीपूर्ण खेल आयोजना गरिएको तुलसीपुर नगर जेसीजका अध्यक्ष विमल पौडेलले जानकारी दिए । उनीका अनुसार एक हप्ता सम्म सामाजिक सेवामा हातेमालो देखी विकास निर्माणमा जेसीजको चासो सम्मका कार्यक्रमहरु तय गरिएको छ । तुलसीपुरका युवाहरुको
सक्रिय संगठन जेसीजले ट्राफिक सचेतना, बालबालिकाहरुका लागी शैक्षिक सामाग्री वितरण, चमेरे गुफा जाने वाटो कालोपत्रे गर्ने सम्बन्धि अन्तरक्रिया लगाएतका कार्यक्रमहरु एक हप्ता सम्म संचालन हुने जेसीसका महासचिव दिपेश भण्डारीले जानकारी दिए । शनीवार एक कार्यक्रमका विच मैत्रीपूर्ण फुटवल प्रतियोगीताको उद्घाटन गरिएको थियो । तुलसीपुर नगर जेसीजका अध्यक्ष विमल पौडेलको अध्यक्षता एवं संस्थापक अध्यक्ष दिपेन्द्र चापागाईको प्रमुुख आतिथ्यतामा संचालन भएको उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष शुर्यप्रसाद शर्मा, पूर्व अध्यक्ष झरेन्द्र खरेल, रिर्पाटर्स क्लव  दाङका अध्यक्ष शरद रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका ईञ्जीनियर पवन योगी, रोट्रयाक क्लव तुलसीपुरका अध्यक्ष संदिपन रिजाल लगाएतले बोलेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रमका मुलसंयोजक दामोदर न्यौपानेले गरेका थिए भने सहजीकरण महासचिव दिपेश भण्डारीले गरेका थिए । त्यसैगरी जेसीजको आस्था पाठ शुरज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस