दाङमा आधुनिक सिनेमाहल बन्ने

सूचनापत्र | बैशाख ०२, २०७४ | ११५८ पटक हेरिएको

दाङ।
दाङमा आधुनिक सिनेमा हल निर्माण हुने भएको छ । मनकाशी सिनेप्लेक्स प्रालीले दाङको घोराहीमा आधुनिक सिनेमा हल निमार्ण गर्न लागेको हो । सिनेमा हल अव १० महिना भित्रमा सञ्चालनमा ल्याइले निर्माण कम्पिनीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । ओम जैशी , सुनिल राजभण्डारी, ललित श्रेष्ठको २.५ करोडको लागानीमा सिनेमा निर्माण गर्न लागेको जनाएका छन । हलको शुक्रवार औपचारिक रुपमा शिलन्यास समेत गरिएको छ । अत्याधुनिक सुविधा सहित एसी , डल्वी म्युजिक सिस्टम , क्रिष्टल किलियर पिक्चर ,आरामदायी फोल्डिङ सिट र चमेना गृह सहित सिनेमा हल संञ्चालन गर्न लागिएको सञ्चालनक सुनील राज भण्डारीले जानकारी दिए ।
वढ्दो आधुनिक प्रविधिको विकास संगै मनोरञ्चनको क्षेत्रलाई सुविधा सम्पन्न र पुर्ण पारिवारिक वातावरण वनाउन मोफसलमा नै भैरहवा पछि दाङमा संञ्चालन गर्न लागिएको संचानलक ओम जैशीले वताए ।
जैशीले नेपालमा पहिलो पटक भित्रदै गरेको फोर के प्रविधि समेत सो हलमा जडान गरी सुविधा सम्पन्न वनाउने लक्ष्य लिएको जानकारी दिनु भयो । करिव १ सय ६० सिट क्षमताको रहने छ ।

प्रतिक्रिया दिनुहोस